भिडियो कन्फरेन्सिङ्ग एप जूमले सबै डाटा फेसबुकमा पठाउँदै, प्रयोगकर्तालाई जानकारी नै नदिने

  • Technology Khabar | १५ चैत्र २०७६, शनिबार
भिडियो कन्फरेन्सिङ्ग एप जूमले सबै डाटा फेसबुकमा पठाउँदै, प्रयोगकर्तालाई जानकारी नै नदिने

काठमाडौं ।

भिडियो कन्फरेन्सिङ्ग एप जूम(Zoom)ले मानिसहरूलाई कोरोनाभाइरसको प्रकोपको कारण घरबाट काम गर्न बाध्य पारेको छ त्यसबेलादेखि यो निकै लोकप्रिय हुँदै गएको छ।

तर हालै एक रिपोर्टको दाबी अनुसार जूमले आईओएस प्रयोगकर्ताहरूको केही विश्लेषणात्मक डाटा फेसबुकमा पठाउँदै छ । त्यस्तो डाटा यदि प्रयोगकर्तासँग फेसबुक एकाउन्ट नभएको भएपनि पठाउने गरेको भेटिएको हो ।

रिर्पोटले यो पनि दावी गरेको छ कि जूमले डाटा टान्सफरलाई आफ्नो गोपनीयता नीतिमा स्पष्ट पारेको छैन्।

भाइस मिडियाको मदरबोर्डद्वारा जूम एपको विश्लेषणले यो देखाउँदछ कि भिडियो कन्फरेन्सिङ्ग एपले एपमा भएका केही सुविधाहरू प्रदान गर्न फेसबुकको सफ्टवेयर डेभलपमेन्ट किट प्रयोग गर्ने गर्दछ।

फेसबुकको सफ्टवेयर डेभलपमेन्ट किटले जे भएता पनि पूर्वनिर्धारित रूपमा फेसबुकलाई जानकारी पठाउँदछ र यो बारेमा केहि जुम प्रयोगकर्ताहरू सचेत नहुन सक्छन्।

‘यो निकै स्तब्ध पार्ने कुरा हो । जूमको प्राइभेसी पोलिसीमा त्यस बारे केहि उल्लेख छैन्,’ प्राइभेसी म्याटर्सबाट एक अधिकारकर्मीले भने ।

सो विश्लेषणअनुसार जूमले विभिन्न जानकारीहरु फेसबुकमा पठाउने गर्दछ ।

जसमा यूजर्सले एप खोलेको बारेमा जूमले फेसबुकलाई नोटिफाई गराउँछ । त्यसैगरि यूजर्सको फोनको सम्पूर्ण जानकारीहरु पठाउँछ, जसमा फोनको मोडल, र कुन टेलिकम अपरेटर उनीहरुले प्रयोग गरिरहेका छन् ।

यसबाहेक जूमले फेसबुकलाई टाइम जोन र कुन शहरबाट उनीहरु जोडिएका छन भन्ने बारेमा पनि जानकारी दिन्छ ।

यी विषयहरुको बारेमा जूमको प्राइभेसी पोलिसीमा केहि पनि उल्लेख नभएको रिपोर्टमा बताईएको छ । जूमको प्राइभेसी पोलिसीले केबल कम्पनीले यूजर्सको फेसबुक फेसबुक प्रोफाईल इन्फर्मेसनलाई मात्र प्रयोग गर्नेछ जतिबेला प्रयोगकर्ताले फेसबुक लगइन गर्दछ।

तर त्यसले फेसबुक एकाउन्ट नभएको व्यक्तिको डाटा पनि फेसबुकलाई पठाउने बारेमा भने केहि बोल्दैन् । एजेन्सी

प्रकाशित: १५ चैत्र २०७६, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार