
काठमाडौं ।
अहिले चीनको हुवान शहरबाट डिसेम्बर २०१९ मा सुरु भई कोभिड-१९ जो कोरोना भाइरसको १ भाइरस प्रजातिमा पर्दछ र अहिले विश्वभरमा माहामारीको रुपमा फैलिरहेको छ । कोभिड-१९ को माहामारीलाई मध्यनजर गरी मेडिको नेपालले नेपाली जनताहरुलाई वेवसाइट र एप्लिकेसनको माध्यमबाट सेवा प्रदान गर्न लागेको छ ।
मेडिको नेपाले आफ्नो वेवसाइट (www.mediconepal.com) र मोबाइल एप्लिकेसनमा जनताहरुको कोभिड-१९ सम्बन्धी जिज्ञासा र त्यसको स्वास्थ्यकर्मीद्धारा सुझाव, मेडिको नेपालको वेवसाइट र एप्लिकेसनमा राखिएको हटलाइन नम्बरहरुबाट प्राप्त गर्न सकिने छ ।
आपतकालिन अवस्थामा घरमा बसिबसि स्वास्थ्यकर्मीहरुसँग सल्लाह सुझाव लिन सकिने व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ ।
मोबाइल एप्स डाउनलोड गर्न क्लिक गर्नु पर्नेछ ।
त्यसैगरी वेवसाइट र एप्लिकेसनमा कोभिड-१९ सम्बन्धी जानकारीहरु जस्तै कोभिड-१९ का लक्षण, गर्न हुने नहुने कामहरु, रोकथाम गर्ने तरिका, रोग फैलिन नदिने उपाय, खान हुने नहुने खानेकुराहरु जस्ता अन्य सूचनाहरु राखिएको छ साथै कोभिड-१९ द्धारा संक्रमण हुने, मृत्यु हुने संसारभरको अपडेट राखिएको छ ।
वेवसाइट र एप्लिकेसनको माध्यमबाट जनताहरुले आफ्नै घरमा बसिबसि आफ्नो स्वास्थ्य परिक्षण, स्वास्थ्य स्थिति मुल्याङ्कन आफै गर्न सकिनेछ साथै कुन ठाउँमा अस्पतालको क्षमता कति छ भनेर पनि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित: १५ चैत्र २०७६, शनिबार