लकडाउन उल्लंघन गर्नेलाई यस्तो डिभाइसको प्रयोग गरी नियन्त्रणमा लिँदै प्रहरी

  • Technology Khabar | १४ चैत्र २०७६, शुक्रबार
लकडाउन उल्लंघन गर्नेलाई यस्तो डिभाइसको प्रयोग गरी नियन्त्रणमा लिँदै प्रहरी
लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिने डिभाइस। तस्विरः महानगरीय प्रहरी कार्यालय

काठमाडौं ।

काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्नेलाई प्रविधिको प्रयोग गरी प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।

विश्वभर माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणको लागी सरकारले यही चैत ११ गते देखि देशैभरी लकडाउन गरेको छ । लकडाउन उल्लघन गरी हिडनेलाई नियन्त्रणमा लिन महानगरीय प्रहरी कार्यालयले मातहतका कार्यालयहरूलाई १५ थान मल्टिफंगसनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस Multifunctional Arrest and Rescue Device दिएको छ ।

विभिन्न समयमा प्राप्त भई कार्यालयमा मौज्दात रहेको सो डिभाईस मातहत कार्यालयहरूलाई प्रदान गरी सोही डिभाईस प्रयोग गरी नियन्त्रणमा लिन निर्देशन दिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

अत्यावश्यक काम बाहेक बिना काम बाहिर निस्किरहेकाले तिनिहरूलाई नियन्त्रणमा लिँदा प्रहरीलाई पनि खतरा हुन सक्ने भएकाले खतरा कम गर्नको लागी डिभाइसको सहायताले नियन्त्रणमा लिन लागिएको पोखरेलले जानकारी दिए ।

नियन्त्रण लिनु पर्ने मानिस भन्दा २/३ मिटर टाढैबाट नियन्त्रणमा लिन सकिने भएकाले केही मात्रामा खतरा कम हुने आँकलन गरीएको पनि उनले बताए।

प्रकाशित: १४ चैत्र २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार