कोरोनाभाइरस बारे जानकारी दिन स्वास्थ्य मन्त्रालयको भाइबर ग्रुप, आधिकारिक सूचना पाईने

  • Technology Khabar | १३ चैत्र २०७६, बिहीबार
कोरोनाभाइरस बारे जानकारी दिन स्वास्थ्य मन्त्रालयको भाइबर ग्रुप, आधिकारिक सूचना पाईने

काठमाडौं ।

नेपाल सरकारले कोरोनाभाइरस (कोभिड-१९) को बारेमा सहि र आधिकारिक जानकारीहरु सार्वजनिक गर्ने उद्धेश्यले भाइबर ग्रुप सेवा शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबरमा आधारित रहेर भाइबरमा जोडिएका सबैलाई कोरोनाभाइरस बारेको संदेशसहितका गतिबिधिहरु पठाउन थालेको हो ।

मन्त्रालयले संचालन गरेको सो भाइरब ग्रुप मेसेजिंग सेवामा कोरोना भाइरस बाट बच्ने उपायहरु, सर्तकता अपनाउने बिधी र मन्त्रालयले गरेका आधिकारीक निर्णयहरुको बारेमा अपडेट गर्ने गरिन्छ ।

तीन दिन अघिदेखि शुरु भएको सो भाइबर ग्रुपमा मन्त्रालयले कोरोना भाइरस आशंका भएका व्यक्तिले एकान्तबासमा पालना गर्नुपर्ने बिधिहरु, विभिन्न अस्पतालहरुले सार्वजनिक गरेका जानकारीहरु, प्रेस विज्ञप्तिलगायतका सामाग्रीहरु आधिकारीकरुपमा राखिएका छन् ।

सो ग्रुपलाई भाइबरले भेरिफाई समेत गरिसकेको छ ।

एमओएचपी नेपाल कोभिड-१९(MoHP Nepal COVID-19) नामक सो एपमा सबैभन्दा पछिल्लो अपडेट डाक्टर तथा स्वास्थ्यकर्मीहरुले कोभिड-१९ संक्रमितको उपचार गर्दा लगाउनुपर्ने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट(पिपिई)को गाईडलाईनको बारेमा राखिएको छ ।

Messeging app

यो समाचार तयार पार्ने बेलासम्ममा सो ग्रुपमा १ लाख ५ हजार भन्दा बढि मानिसहरु जोडिईसकेका छन् ।

भाइबरका अन्य ग्रुपहरुमा आफूले चाहेको बेलामा जोडिन र लेख्न सकिने सुविधाहरु भएपनि यो ग्रुपमा भने मन्त्रालयको तर्फबाट राखिएका आधिकारीक जानकारीहरुमा कमेन्ट गर्न सकिने छैन् । तर त्यसमा लाईक गर्न, शेयर तथा फरवार्ड भने गर्न सकिन्छ ।

आफूले नचाहेको भए सो ग्रुप छोड्न सकिने छ तर सो ग्रुपमा जोडिएको अवस्थामा भने अन्य सदस्यहरुले तपाईँको मोबाइल नम्बर हेर्न नसकिने अर्थात गोप्य राखिने गरि बनाईएको छ ।

*हेडलाइन सम्पादित

प्रकाशित: १३ चैत्र २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार