एप्पलको आईफोन १२ मा शिफ्ट स्टेबलाइजेशन फीचर, २०२० मा चार नयाँ आईफोन आउनसक्ने

  • Technology Khabar | १२ चैत्र २०७६, बुधबार
एप्पलको आईफोन १२ मा शिफ्ट स्टेबलाइजेशन फीचर, २०२० मा चार नयाँ आईफोन आउनसक्ने

काठमाडौं ।

गत वर्ष एप्पलले क्यामेराको साथ आफ्नो आईफोनमा सबैभन्दा ठूलो परिवर्तन गर्‍यो। शायद यस पटक कम्पनीले केहि यस्तै कदम चाल्न सक्ने संभावना रहेको छ।

आईफोन ११ सिरिजमा कम्पनीले क्यामेरा सेन्सर अपग्रेड गरी आईफोन ११ प्रोमा ट्रिपल रियर क्यामेरा सेटअप दियो। जबकि डुअल रियर क्यामेरा सेन्सर आईफोन ११ मा उपस्थित थियो।

अब यस्तो देखिन्छ कि कम्पनीले यसलाई आईफोन १२ मा अपग्रेड गर्ने तयारी गरिरहेको छ। एप्पल विश्लेषक मिंग ची कुओकाअनुसार २०२० हाईइण्ड आईफोन अर्थात् आईफोन १२ मा ठूलो क्यामेरा सेन्सर राख्न सक्दछ, जुन सेन्सर शिफ्ट स्टेबलाइजेशन फीचरको साथ आउन सक्छ।

सेन्सर शिफ्ट स्टेबलाइजेशनले फोनमा रहने अप्टिकल इमेज स्टेबलाइजेशनलाई प्रतिस्थापन गर्दछ। अप्टिकल इमेज स्टेबलाइजेशन हाल  आईफोन ११ सिरिजमा राखिएको छ।

एप्पलको नयाँ टेक्नोलोजीको बारेमा अझै धेरै जानकारी छैन। तरपनि यसले अल्ट्रा वाइड एंगल लेन्समा पनि इमेज स्टेबलाइजेशन प्रदान गर्ने बताईएको छ। एप्पलले आईफोन १२ को हाईइण्ड मोडेलमा यो सुविधा प्रस्ताव गर्न सक्ने अपेक्षाा गरिएको छ  ।

केहि अन्य रिपोर्टकाअनुसार एप्पलले यस वर्ष चार नयाँ आईफोनहरू लन्च गर्न सक्नेछ। कम्पनीले २०२० आईफोनहरु सिरिजमा ५.४ इन्च स्क्रिन साइजको फोन डुअल लेन्सको साथ, ६.१ इन्च स्क्रिन साइजको फोन डुअल लेन्सको साथ, ६.१ इन्च स्क्रिन साइजको फोन ट्रिपल लेन्सको साथ र ६.७ इन्चको फोन ट्रिपल लेन्सको साथ सार्वजनिक गर्नसक्नेछ ।

एप्पलले ट्रिपल लेन्सका साथ आउने दुबै स्मार्टफोनमा टाइम अफ फ्लाइट फीचरहरु दिन सक्नेछ। यी फोनहरुमध्ये सबैभन्दा प्रिमियम फोनको नाम आईफोन १२ प्रो हुनसक्नेछ जसमा ठूलो सेन्सर हुनसक्नेछ ।

कुओकाअनुसार २०२० मा आउने आईफोनहरुमध्ये कुनै एकमा पेरिस्कोप लेन्स राख्न सक्नेछ । एजेन्सी

प्रकाशित: १२ चैत्र २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung hints at a new AI-Driven smartphone experience

  • १२ चैत्र २०७६, बुधबार

China successfully launches reusable experimental spacecraft

  • १२ चैत्र २०७६, बुधबार

EU warns Meta it must open up WhatsApp to rival AI chatbots

  • १२ चैत्र २०७६, बुधबार