गूगलको वार्षिक डेभलपर्स कन्फ्रेन्स पूर्णरुपमा रद्ध, अब भर्चुअल कन्फ्रेन्स पनि नहुने

  • Technology Khabar | १० चैत्र २०७६, सोमबार
गूगलको वार्षिक डेभलपर्स कन्फ्रेन्स पूर्णरुपमा रद्ध, अब भर्चुअल कन्फ्रेन्स पनि नहुने
फाइल

काठमाडौं ।

कोरोना भाइरसको डरका कारण गूगलले आफ्नो फ्ल्यागशिप वार्षिक डेभलपर्स सम्मेलन Google I/O 2020 लाई पूर्ण रूपमा रद्ध गरेको छ।

यस अघि कम्पनीले फिजिकल कार्यक्रमको सट्टा भर्चुअल कन्फ्रेन्सको घोषणा गरेको थियो, तर अहिले भने कम्पनीले कुनै पनि इभेन्ट आयोजना नहुने बताएको हो।

गुगल आई/ओ को लागी एक अनलाइन सम्मेलन आयोजना गर्न लागिएको थियो। जुन यो वर्ष मे महिनामा शोरलाइन एम्फीथिएटर, क्यालिफोर्नियामा आयोजना हुने थियो। क्यालिफोर्नियामा कोरोना भाइरसको ९०० भन्दा बढी पोजिटिभ रिपोर्टहरु पाईएका छन् र ९ जनाको मृत्यु पनि भयो। हाल क्यालिफोर्नियामा ४० करोड मानिसहरूलाई घर भित्रै बस्ने सल्लाह दिइएको छ।

गुगलले ट्वीट गर्दै भनेकोछ- ‘आफ्ना डेभलपर्स, कर्मचारीहरू र स्थानीय समुदायको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै, हामीले यस वर्ष आई/ओ कार्यक्रम आयोजना नगर्ने निर्णय गरेका छौं।’

अर्को ट्वीटमा भनिएको छ कि अब हामी सबैले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण काम भनेको नयाँ चुनौतिहरूको बीचमा मानिसहरूलाई सहयोग गर्ने कुरामा ध्यान केन्द्रित गर्नु हो। हामी हाम्रो समुदायहरू सुरक्षित, सूचित र कनेक्टेड राख्नको लागि प्रत्येक प्रयास गर्न जारी राख्नेछौं।

गुगल आई/ओ कम्पनीको वार्षिक सम्मेलन हो, जसमा एन्ड्रोइड मोबाइल अपडेट र नयाँ सुविधाहरू गुगल असिस्टेन्ट, म्याप्स, क्रोम ओएस र अन्य उत्पादनहरूमा आउने नयाँ संस्करणहरूको घोषणा गरिन्छ। यो वार्षिक सम्मेलन कम्पनीको हार्डवेयर इभेन्ट भन्दा फरक छ, जहाँ कम्पनीले प्राय: फ्ल्यागशिप पिक्सेल स्मार्टफोनहरू र गूगल होम स्मार्ट स्पिकरहरूको घोषणा गर्दछ।

प्रकाशित: १० चैत्र २०७६, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार