Technology Khabar ७ चैत्र २०७६, शुक्रबार
काठमाडौं ।
विश्वभर कोरोनाभाइरसको त्रासले मानिसहरु घरभित्रै सुरक्षित बस्न थालेसँगै इन्टरनेटको माग ह्वात्तै बढेको छ भने इन्टरनेट स्लो हुने समस्या देखिएको छ । अझ यूरोपेली मुलुकहरुमा त इन्टरनेट बन्द नै हुने भन्ने चिन्ता छाएको छ ।
यसैबिचमा यूरोपेली कमिसनले यूरोपका टेलिकम अपरेटरहरुलाई चेतावनी जारीगर्दै कन्टेन्ट प्लेटफर्महरुलाई ब्लक नगर्न भनेको छ ।
पछिल्लो दिनहरुमा यूरोपेलीहरु घरमा नै टेलिवर्किङ्ग अथवा भिडियो स्ट्रीमिंगमा रहेका छन् ।
यूरोपका ठूला टेलिकमअपरेटरहरुले डाटा ट्राफिकमा ह्वात्तै वृद्धि भएको बताउँदै आएका छन् । उनीहरुले इन्टरनेटलाई मर्नबाट बचाउन कन्टेन्टहरु रोक्नसक्ने संभावना भएको भन्दै ईयूले चेतावनी दिएको हो ।
इन्टरनेटको माग बढेसँगै अनलाइन स्ट्रीमिंग सर्भिस नेटफ्लिक्सले यूरोपमा आफ्नो बीट रेटलाई न्यून गर्ने बताएको छ । कम्पनीले आफ्नो अडियो र भिडियो फाइलहरुको क्लालिटीलाई न्यून गर्ने भएको हो ।
नेटफ्लिक्सकाअनुसार बीट रेट कम गर्दा यूरोपेली नेटवर्कहरुमा करिब २५ प्रतिशत ट्राफिक कम हुनेछ भने सोहि अवधिमा गुणस्तरीय सेवाहरु पनि कम्पनीका ग्राहकहरुले पाउनेछन् ।
उता यूरोपेली कमिसनले बडी अफ यूरोपियन रेगुलेटर्स फर इलेक्ट्रोनिक कम्युनिकेसन्ससँगको संयुक्त विज्ञप्तिमा बिना कुनै भेदभाव निजी कन्टेन्ट प्रदायकहरुले इन्टरनेट ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताएको छ ।
ईयू कमिसनर थिएरी ब्रेटनले भने नेटफ्लिक्सलाई स्ट्याण्डर्ड डेफिनिएसनमा भिडियो उपलब्ध गराएर ब्याण्डबिच बचाउन सुझाब दिएका छन् । उनले पछिल्लो दिनमा दूरसंचार पूर्वाधारमा निकै दबाब रहेको भन्दै इन्टरनेटसम्म सबैको पहुँचलाई सुरक्षित बनाउन हाई डेफिनिएसनको साटो स्ट्याण्डर्ड डेफिनिएसनमा जान अनुरोध गरेका हुन् ।
प्रकाशित: ७ चैत्र २०७६, शुक्रबार