रियलमीले भारतमा नयाँ स्मार्टफोन सीरीज ‘नार्जो’ ल्याउँदै, रेडमी र पोकोलाई टक्कर दिने

Technology Khabar ७ चैत्र २०७६, शुक्रबार

काठमाडौं ।

रियलमीले भारतमा यस वर्षको सुरुवातदेखि नै पोर्टफोलियोलाई विस्तार गरिरहेको छ । कम्पनीले हालै भारतीय बजारमा रियलमी ६ सीरीज पेश गरेको थियो ।

त्यस्तै, हाल कम्पनीले अफिशियल ट्विटर ह्यान्डलबाट एक नयाँ ट्विट गरेको छ । यस ट्विटमा एक शर्ट भिडियो ट्रेलर रहेको छ । यसमा ‘नार्जो’लाई टिज गरिएको छ । यद्पी यस भिडियोबाट कम्पनीले कुन डिभाइसलाई लन्च गर्ने छ भन्ने पत्ता लगाउन भने मुश्किल देखिएको छ । तर एक भारतीय मिडियाको जानकारीअनुसार यस सीरीजमा कम्पनीले धेरै नयाँ स्मार्टफोनहरु लन्च गर्न सक्ने उल्लेख गरेको छ ।

नार्जो सीरीज भन्दा पहिले कम्पनीले आफ्नो प्रो, एक्स, यू र सी सीरीजलाई सार्वजनिक गरिसकेको छ । कम्पनीले यस सीरीजका फोनहरुलाई माध्यमबाट भारतका आफ्ना प्रतिस्पर्धि कम्पनीहरु पोको र रेडमी जस्ता कम्पनीका स्मार्टफोनलाई टक्कर दिने देखिन्छ । साथै एक रिर्पोटमा यसको प्रमोशन पोस्टर पनि सार्वजनिक भएको छ ।

कम्पनीले नार्जो स्मार्टफोन सीरीजको माध्यमबाट भारतीय यूवाहरुलाई टार्गेट गर्ने कोशिसमा लागेको छ । कम्पनीले प्रमोशन पोस्टरमा निकै फन्कि र फ्ल्यासी लाइटको प्रयोग गरेको छ । यसबाहेक पोस्टरमा जेन जेड शब्दको प्रयोग गरिएको छ, जसले यूवा–सेन्ट्रिक स्मार्टफोन सीरीजको तर्फ इशारा गरिरहेको देखिन्छ ।

जानकारीअनुसार नार्जो ब्रान्ड अन्तर्गत दुई भेरियन्ट लन्च हुन सक्ने छ ।

यद्पी हालसम्म फोनको डिजाइन र स्पेसिफिकेशनहरुको बारेमा भने कुनै जानकारी सार्वजनिक भएको छैन ।

प्रकाशित: ७ चैत्र २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया