नेपाल टेलिकमले भन्यो– महशुल तिर्न र रिचार्ज गर्न विद्युतीय माध्यम प्रयोग गर्नुस्

  • Technology Khabar | ६ चैत्र २०७६, बिहीबार
नेपाल टेलिकमले भन्यो– महशुल तिर्न र रिचार्ज गर्न विद्युतीय माध्यम प्रयोग गर्नुस्
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय परिसरमा राखिएको कम्पनी लोगो । फाइल

काठमाडौं ।

नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई रकम तिर्न र रिचार्ज गर्नका लागि विद्युतीय माध्यम प्रयोग गर्न अनुरोध गरेको छ । त्यसैगरि कम्पनीले घरबाट नै बसेर डिजिटल प्रविधिमार्फत महशुल तिर्न भनेको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारको निर्देशन समेतको आधारमा सार्वजनिक सक्रियता तथा गतिविधि नियन्त्रित गर्नुपर्ने भएकाले टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा रिचार्जका लागि यथासम्भव विद्युतीय माध्यमको प्रयोग गर्न कम्पनीले ग्राहकवर्गमा आह्वान गरेको छ ।

सो अनुसार कम्पनीका सेवाहरुको महशुल भुक्तानी गर्नका लागि टेलिकमका ग्राहक सेवा केन्द्रहरु खुल्ला रहने भए तापनि वैकल्पिक उपायहरु उपयोग गरी घरमै बसी सहज रुपमा महशुल भुक्तानी गर्न भनेको छ।

भुक्तानीका वैकल्पिक उपायहरु निम्न रहेका छन्ः (१) रिचार्ज कार्ड, (२) इलेक्ट्रोनिक भुक्तानी (एमपोस), (३) कम्पनीको वेबसाइट धधध।लतअ।लभत।लउ तथा मोबाइल एप्लिकेसन, (४) ई–बैंकिङ, ई–कमर्स तथा मोबाइल बैंकिङ र (५) कुनैपनि बैंकको भिसा तथा मास्टर कार्ड प्रयोग गरी कम्पनीको वेबसाइटबाट रिचार्ज गर्ने ।

उक्त भाइरसबाट हुनसक्ने सम्भावित संक्रमण र सोबाट सुरक्षित रहन तथा संक्रमण नियन्त्रणको लागि गरिने प्रयासका क्रममा आउन सक्ने जुनसुकै परिस्थितिमा पनि नेपाल टेलिकमले आफ्नो सेवा चुस्त दुरुस्त राख्न सबै प्रयत्नहरु जारी राख्ने र ग्राहकवर्गलाई स्वस्थ र सुरक्षित रही कम्पनीका भ्वाइस, एसएमएस, डाटा/इन्टरनेट आदि सेवाहरु उपयोग गर्न अनुरोध गरेको छ ।

कम्पनीले मुलुकको आवश्यकता र ग्राहकवर्गको सुविधाका लागि कम्पनीले कुनैपनि विषम परिस्थितिमा संभव भएसम्म सबै प्रयासहरु जारी राख्ने जानकारी समेत दिएको छ ।

आजैदेखि नै टेलिकमले नोबेल कोरोना भाइरसको सम्भावित संक्रमण तथा बच्ने उपायहरुका बारेमा जनचेतना फैलाउन आफ्नो जीएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने रिङ व्याक टोनलाई परिवर्तन गरेको छ ।

सो अनुसार स्वदेश वा विदेशका जुनसुकै नम्बरबाट नेपाल टेलिकमको जीएसएम मोबाइल नम्बरमा कल गर्दा ग्राहकले कल नउठाउँदासम्म कल गर्ने व्यक्तिले कोरोना भाइरसबाट हुने संक्रमणका लक्षण, भाइरसबाट बच्ने उपाय आदि जानकारी निःशुल्क रुपमा सुन्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित: ६ चैत्र २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार