
काठमाडौं ।
काठमाडौं । नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम)ले कोरोना भाइरसबारे सचेतना सन्देश दिनेगरी नयाँ रिंगब्याक टोन शुरु गरेको छ ।
कुनैपनि नम्बरबाट नेपाल टेलिकमको मोबाइल नम्बरहरुमा फोन गर्दा कोरोना भाइरसको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको जानकारीमुलक सन्देश आजदेखि दिन थालेको छ।
कोरोनाभाइरस (कोभीड–१९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले टेलिफोन सेवा प्रदायक कम्पनीहरुलाई विभिन्न किसिमले आफ्ना सेवाग्राहीहरुलाई सन्देशमार्फत जानकारी दिन निर्देशन दिएसँगै टेलिकमले नयाँ रिंगब्याक टोन शुरु गरेको हो।
टेलिकमको नेटवर्कभित्र फोन गर्ने प्रयोगकर्ताले अर्को तर्फ फोन नउठ्दासम्म कोरानाबाट बच्ने उपाएको बारेमा जानकारी सुन्न सक्नेछन् । रिंगब्याक टोनमा पटक–पटक सावुनपानीले हात धुन, व्यक्तिहरुसँग सामाजिक दूरी कायम गर्ने सन्देश राखिएको छ।
आजैदेखि टेलिकमले कोरोनाको बारेमा सम्पूर्ण जानकारी दिनेगरि छुट्टै पाँच अंकको विशेष नम्बर ३२१०० सार्वजनिक गरेको छ ।
प्रकाशित: ६ चैत्र २०७६, बिहीबार