
काठमाडौं ।
कोरोनाभाइरसको बढ्दो प्रभावका बिच विश्वका कोरोना संक्रमित देशहरुमा मानिसहरु घरबाट बाहिर निस्कनबाट बचिरहेका छन । यि देशहरुमा मानिसहरुलाई सरकार बाहेक विश्व स्वास्थ्य संगठनले पनि भिडभाड रहने ठाउँहरुबाट पर रहन आग्रह गरेको छ । यसैकारण धेरै देशहरुमा मल, सिनेमाहल, स्कुल र कलेजलाई बन्द गरिएको छ ।
हालसम्म यो भाइरस नेपालमा भने देखिएको छैन । तरपनि मानिसहरुमा यसको त्रास निकै रहेको देख्न सकिन्छ ।
यदि तपाईले पनि यसै डरका कारण घरैबाट काम गर्न चाहेको खण्डमा केहि अनलाईन फ्रि टुल्सले तपाईलाई घरैबाट काम गर्न सजिलो बनाउने छ । आउनुस जानौ कुन फ्रि एप वा फ्रि सफ्टवेयरको प्रयोगले तपाईलाई घरैबाट काम गर्न सजिलो बनाउनेछ ।
धेरैजसो प्राइभेट अफिसहरुमा अफिसको इन्टरनल कम्युनिकेशन एप हुने गर्दछ । यदि तपाई घरैबाट काम गर्न चाहनुहुन्छ भने तपाईको लागी गूगलको ह्यागंआउट फ्रि एप सबैभन्दा सहयोगी हुन सक्दछ । यस एपको माध्यमबाट अफिसको सबै कर्मचारीहरुसँग काम गर्दाको समयमा कनेक्ट रहन सकिने छ । यस्तोमा तपाई सजिलै कामदारहरु सँग कनेक्ट रहन सक्नुहुने छ र आफ्नो कामलाई निरन्तरता दिन सक्नुहुने छ ।
यसपछि घरैबाट काम गर्नको लागी सबैभन्दा धेरै प्रयोग हुने फ्रि एप स्लाक हो । स्लाक पनि तपाईले गूगल ह्यांगआउट जस्तै डेस्कटप र मोबाइल दुबै प्लेटफर्ममा सजिलै पाउन सक्नुहुने छ । यसबाट तपाई आफ्नो अफिसमा काम गर्ने मानिसहरु सँग पर्सनल च्याट पनि गर्न सक्नुहुने छ । यसबाहेक यसमा फरक फरक टिम र डिपार्टमेन्टका ग्रुप पनि हुने गर्दछ । टिम कम्युनिकेशनको लागी पनि यो एप निकै फाइदाजनक हुन सक्दछ ।
फेसबुकको वर्क प्लेस पनि घरैबाट काम गर्नको लागी प्रयोग गर्न सकिने छ । वर्कप्लेसमा पनि तपाईलाई अलग अलग ग्रुप्स र पर्सनल च्याट को अप्शन रहने छ । यस एपको इन्टरफेस पुरा फेसबुकको जस्तै भएकाले यो बाकी एपको तुलनामा यूजर फ्रेन्डली रहेको छ । यस्तोमा तपाईले यस एपलाई सजिलै प्रयोग गर्न सक्नुहुने छ ।
त्यस्तै वर्क लिस्टको लागी तपाईले कुनै एप प्रयोग गर्न चाहेमा यसको लागी गूगल ‘कीप’ र ट्रेलो राम्रो हुने छ । गूगल कीप प्रयोग गर्नमा निकै सजिलो एपको रुपमा रहेको छ भने ‘ट्रेलो’ले तपाईलाई वर्क लिस्ट बनाउनको लागी धेरै अप्शनहरु दिने गर्दछ । यसबाहेक घरबाट नै काम गर्नको लागी गूगल सेट्स, गूगल डक्स्, गूगल स्लाइडर सबैभन्दा सजिलो बिकल्प हुन सक्ने छन ।
प्रकाशित: ५ चैत्र २०७६, बुधबार