टिकटकमा गरिव र नराम्रा मानिसहरुको भिडियो रोक्ने गाइडलाईन

  • Technology Khabar | ५ चैत्र २०७६, बुधबार
टिकटकमा गरिव र नराम्रा मानिसहरुको भिडियो रोक्ने गाइडलाईन

काठमाडौं ।

चिनियाँ सर्ट भिडियो एप टिकटक नेपालसहित विश्वमा हाल निकै पपुलर रहेको छ । अझ यो भारतमा त निकै नै चर्चित रहेको छ । भारत सरकारले यस एपलाई एकपटक प्रतिबन्धसमेत गरेको थियो । तर पछि कम्पनीले आफ्नो पोलिसीमा केहि परिर्वतन गरेपछि भारत सरकार ले यसलाई खुल्ला गरेको थियो ।

दि इन्टरसेप्टको एक रिर्पोट अनुसार टिकटकले आफ्नो मोडरेटर्सलाई नराम्रा देखिने मानिसहरुको भिडियोलाई एपमा अपलोड गर्न रोक्न भनेको थियो । यतीमात्र नभई झुपडीमा बस्ने गरिबहरुको भिडियोलाई रोक्ने पोलिसी पनि टिकटकसँग रहेको थियो ।

रिर्पोटअनुसार टिकटकको यस्तो भेदभावपुर्ण गाइडलाइनको केहि हिस्सा बाहिरिएको थियो । त्यस्तै दिव्यांग र एलजीबिटीको पोस्टलाई रोक्ने पोलिसी टिकटकसँग रहेको कुरा पनि सार्वजनिक भएको छ ।

दि इन्टरसेप्टको रिर्पोटमा टिकटकले एबनर्मल बडि शेप, मोटोपन, फरक देखिने मानिसहरु र धेरै नराम्रा अनुहार भएका मानिसहरुको भिडियोहरुलाई प्रतिबन्धित गर्ने गरिने उल्लेख गरिएको छ ।

यस रिर्पोटमा टिकटकको गाइडलाइनमा यहाँसम्म कि गरिव देखिने मानिसहरुको भिडियोलाई प्लेटफर्मबाट ‘ब्यान’ गरिनु पर्ने पनि रहेको जस्तो अचम्मको कुरा पनि उल्लेख गरिएको छ।

यस रिर्पोटपछि टिकटकले पनि आफ्नो बयान सार्वजनिक गरेको छ । टिकटकका एक प्रवक्ताले इन्टसेप्टलाई कम्पनीको यो पोलिसी कुनै समय टिकटकमा भएको र यो गाइडलाइन बदमाशहरुबाट बचाउनको लागी रहेको बताएका छन् । उनले हाल यो प्रयोगमा नरहेको पनि जनाएका छन ।

टिकटकले कम्पनीको यो गाइडलाइन अमेरिकाको लागी नभई क्षेत्रीय रुपमा रहेको पनि बताएको छ । टिकटक डाटा कलेक्शन र अश्लिल कन्टेन्टलाई लिएर पहिले देखी नै प्रश्नको घेरामा रहेको छ । एजेन्सी

प्रकाशित: ५ चैत्र २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...