
काठमाडौं ।
विश्वका सबैभन्दा मूल्यबाट टेक कम्पनीहरुले एकै दिनमा खर्बौ रुपैयाँ शेयर बजारमा गुमाएका छन् । प्रमुख अमेरिकी कम्पनीहरुलाई कोरोनाभाइरस सन्दर्भले गर्दा आर्थिक नोक्सानी भएको हो ।
अमेरिकाको शेयर बजार बिहिबार घट्दा ठूला अमेरिकी टेक जायन्टहरु अमेजन, एप्पल, अल्फाबेट, फेसबुक र माइक्रोसफ्टले एकै दिनमा ४१६.६३ अर्ब डलर गुमाएका हुन् । सो रकम बजार मूल्यको आधारमा हिसाब गरिएको हो ।
बजारमा प्रत्येक शेयर यसअघिको सन् १९८७ को दशकमा देखिएको स्टक मार्केट डिजास्टरको अवस्थामा पुगेको हो ।
बिहिबार एप्पलको शेयर ९.८८ प्रतिशतले घटेको थियो भने फेसबुकको ९.३० प्रतिशत, अल्फाबेटको ८.२ प्रतिशत अमेजनको ७.९८ प्रतिशत, र माइक्रोसफ्टको ९.४८ प्रतिशत शेयर मूल्य घटेको थियो ।
यी प्रमुख ५ टेक कम्पनीहरु पछिल्ला वर्षहरुमा अमेरिकी शेयर बजारमा स्टक मार्केटलाई अगाडि बढाउने प्रमुख आधार हुँदै आएका छन् ।
यो वर्षमात्रै ५ टेक्नोलोजी जायन्टहरुको शेयर तिब्रगतिमा घटेको देखिएको छ । एजेन्सी
प्रकाशित: ३० फाल्गुन २०७६, शुक्रबार