अचम्म! अब रुख कटहरबाट पनि मोबाइल चार्ज हुने, अनुसन्धानकर्ताहरुले गरे सफल परीक्षण

Technology Khabar २८ फाल्गुन २०७६, बुधबार

काठमाडौं ।

हालसम्म यूजरहरुले फोनलाई चार्ज गर्नको लागी चार्जरलाई पावर प्लगसँग कनेक्ट गराएर गर्ने गरेकोमा अब भने रुखमा फल्ने कटहरबाट पनि फोन चार्ज गर्न सकिने खवर सार्वजनिक भएको छ । त्यसो त सुन्दा अचम्म लागेतापनि यो सत्य हो । केहि समय अघि आलुबाट फोनलाई चार्ज गर्न सकिने समाचार अनलाइनमा आएको थियो भने यस टेक्निकको प्रयोगलाई धेरै यूट्युव च्यानलहरुले देखाएका समेत थिए ।

वास्तवमा यस पटक अष्ट्रेलियाका शोधकर्ताहरुले एक यस्तो तरिकाको विकाश गरेका छन जसमा फलहरुको अवशेषहरुबाट बिद्युत तयार गर्न सकिने छ ।

तरकारीहरुबाट बन्ने सुपर क्यापेसिटर उर्जाको सहयोगमा बिद्युत बनाउन सकिन्छ । त्यस्तै यस उर्जाको प्रयोग गरेर कुनै पनि प्रोडक्टको सानो ब्याट्रीलाई चार्ज गर्न सकिन्छ । यस उर्जाको मदतमा इलेक्ट्रिक प्रोडक्ट जस्तो मोबाइल फोन, ट्याबलेट र ल्यापटपलाई चार्ज गर्न सकिन्छ ।

यूनिभर्सिटी अफ सिड्नीका रिसर्चरको यस अध्ययन जर्नल अफ एनर्जी स्टोरेज मा प्रकाशन भएको थियो । यस अध्ययनअनुसार रुख कटहर र डूरियन सब्जीबाट बिद्युत स्टोर गर्न सकिने छ र यसको सहयोगमा साना इलेक्ट्रोनिक प्रोडक्टहरुलाई चार्ज गर्न सकिने छ । यस रिसर्चमा फलहरु र सब्जीहरुलाई सुपर क्यापेसिटरमा चेन्ज गर्न सकिन्छ ।

यद्पी शोधकर्ताहरुले बिद्युत तयार गर्नको लागी हाल कटहर र डूरियन नामको फलहरुको मात्रै प्रयोग गरेका छन । यसबाट निक्लिने बिद्युतको सहयोगमा तपाईँले आफ्नो मोबाइल फोनलाई पनि चार्ज गर्न सक्नुहुने छ ।

अष्ट्रेलियाको एक यूनिभर्सिटीको रिर्पोटकाअनुसार स्कुल अफ केमिकल एन्ड बायोमोलीक्युलर इन्जिनियरिङ्गका एकेडेमिक एसोसिएट प्राफेसर विन्सेन्ट गोम्सले कटहरलाई सुपर क्यापेसिटरमा परिवर्तन गर्न सफल भएका हुन । प्राफेसरका अनुसार सुपर क्यापेसिटर उर्जा जलाशयहरुको जस्तै जसले उर्जालाई सजिलै बाहिर निकाल्ने गर्दछ । र यसै उर्जाको प्रयोग गरेर कुनैपनि सानो इलेक्ट्रोनिक प्रोडक्टहरुको ब्याट्री चार्ज गर्न सकिने छ । एजेन्सी

प्रकाशित: २८ फाल्गुन २०७६, बुधबार

तपाइको प्रतिक्रिया