ताजा समाचार

इसेवाबाट बीमाको प्रिमियम भुक्तानी गर्दा प्रतिकारोबार १ सय रूपैयाँ र २५ हजारको मोबाईल पाईने

इसेवाबाट बीमाको प्रिमियम भुक्तानी गर्दा प्रतिकारोबार १ सय रूपैयाँ र २५ हजारको मोबाईल पाईने
Global IME Bank

जीवन बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्ने उदेश्यका साथ इसेवाले आकर्षक उपहार योजना सार्बजनिक गरेको छ ।

यस उपहार योजनामा कुनैपनि जीवन बीमाको प्रिमियम इसेवाबाट भुक्तानी गर्दा प्रतिकारोबार रू १ सयसम्म कमाउनुको साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल जित्न सकिने कम्पनीले जानकारी दिएको छ ।

यस योजना अन्तरगत एकमहिनामा २० देखि ४९ वटा बीमाका प्रिमियम भुक्तानी गर्नेले प्रतिकारोबार रू ५०, ५० देखि ९९ वटासम्म प्रिमियम भुक्तान गर्ने व्यक्तिले प्रतिकारोबार रू ७५ तथा सय वटा भन्दा माथि कारोबार गर्नेले प्रतिकारोबार रू १ सय रूपैयाँ इन्सेन्टिभ पाउनेछन् ।

यो योजना एजेन्ट नेटवर्क तथा व्यक्तिगत एकाउन्ट दुबैमा लागु हुनेछ । यो योजना १, मार्च २०२० देखि जुलाई ३१ सम्म लागु हुनेछ । यस योजनाको इन्सेन्टिभ रकम हरेक महिना गणना हुने र आगामी महिनाको २ हप्ताभित्र ग्राहकको इसेवा खातामा उपलब्ध गराइने बताईएकोछ ।

पाँच महिनाको अवधिमा कोही पनि ग्राहकले ५ सयवटा लाइफ इन्स्योरेन्स्को भुक्तानी गर्न सफल भएमा प्रतिकारोबार सय इन्सेन्टिभका साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल समेत प्राप्त गर्न सक्नेछन् । पछिल्ला दिनमा अनलाइनबाट बीमाको प्रिमियम भुक्तानी गर्नेको संख्या बढ्दै गएकोमा यसलाई अझ प्रोत्साहन गर्न यो योजना सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

Sajilo Visa
easy care