काठमाडौं ।
भारतमा कोरोनाभाइरस फैलिएसँगै भारतीय टेलिकम अपरेटरहरुले यूजर्सलाई सचेत बनाउन शुरुगरेका छन् ।
भारतीय टेलिकम अपरेटर रिलायन्स जियो, एयरटेल र बिएसएनएसलले रिंग टोनको साटो कलर ट्यून बजाउने बनाएका छन् । उनीहरुले हिन्दी र अंग्रेजी भाषामा फोन कल गर्दा जाने नियमित फोन रिंगको साटो कलर ट्यून बजाउन थालेका हुन् ।
पहिले नै रेकर्ड गरिएको सो सूचनामा कम्पनीहरुले आफ्नो अनुहार, आँखा वा नाकलाई सुरक्षित बनाउन । यदि कसैले खोकेमा वा ज्वरो आएमा नजिकैको स्वास्थ्य चौकिमा जाने जानकारी दिईएको छ ।
अर्को अपरेटर भोडाफोनले भने आफ्ना यूजर्सलाई अलर्ट मेसेज पठाउन शुरु गरेको छ भने एयरटेलले अलर्टलाई थप बिस्तार गर्न लागेको बताईएकोछ ।
भारतमा पछिल्लो दिनहरुमा कोभिड १९ प्रभावितहरुको संख्या बढिरहेको छ । एजेन्सी
प्रकाशित: २७ फाल्गुन २०७६, मंगलवार