टेक कम्पनी एप्पलले मुख्यालयमा कार्यरत आफ्ना कर्मचारीलाई भन्यो- घरबाटै काम गर्नुस्

  • Technology Khabar | २४ फाल्गुन २०७६, शनिबार
टेक कम्पनी एप्पलले मुख्यालयमा कार्यरत आफ्ना कर्मचारीलाई भन्यो- घरबाटै काम गर्नुस्

काठमाडौं ।

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले आफ्नो सिलिकन भ्यालीमा रहेको हेडक्वाटरका कर्मचारीलाई घरबाट नै कामगर्न भनेको छ ।

अमेरिकाको सियाटलमा पछिल्लो दिनमा कोरोनाभाइरस संक्रमित भेटिएपछि कम्पनीले आफ्ना कर्मचारीहरुलाई वर्क फ्रम होमको लागि भनेको हो ।

सान्ता क्लारा काउन्टीमा रहेको एप्पलको कार्यालय एप्पल पार्क क्याम्पसमा १२ हजार कर्मचारीहरु कार्यरत रहेका छन् । कम्पनीले आफ्ना कर्मचारीहरुलाई शुक्रबारदेखि घरबाट नै कामगर्न भनेको हो ।

यसअघि नै सो क्षेत्रका ठूला कम्पनीहरुले घरबाट नै कर्मचारीलाई कामगर्ने सुविधा दिईसकेका छन् ।

एप्पलले कर्मचारीहरुलाई घरबाट नै कामगर्ने सुविधा दिएको भएपनि कम्पनीको सो क्षेत्रमा रहेको रिटेल स्टोरहरु भने खुला नै रहने बताईएको छ ।

अघिल्लो महिना एप्पलले चीनमा फैलिएको कोरोनाभाइरसको कारण आफ्नो लक्षित आम्दानी गुमाउन सक्ने बताएको थियो । एजेन्सी

प्रकाशित: २४ फाल्गुन २०७६, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...