फेसबुकद्धारा आफ्नो प्लेटफर्ममा ‘मेडिकल फेस मास्क’को विज्ञापन र बिक्रीमा प्रतिबन्ध

  • Technology Khabar | २४ फाल्गुन २०७६, शनिबार
फेसबुकद्धारा आफ्नो प्लेटफर्ममा ‘मेडिकल फेस मास्क’को विज्ञापन र बिक्रीमा प्रतिबन्ध

काठमाडौं ।

काठमाडौं । फेसबुकले आफ्नो प्लेटफर्ममा फेस मास्कको विज्ञापनलाई प्रतिबन्ध लगाएको छ । कम्पनीले शुक्रबारदेखि कोरोनाभाइरको नाममा मेडिकल फेस मास्क बिक्री गर्न राखिएका विज्ञापनहरुलाई प्रतिबन्ध लगाएको हो ।

‘हामी कोभिड-१९ लाई नजिकबाट अनुगमन गरिरहेका छौं र हामीहरु मेडिकल फेस मास्कहरुको व्यवसायीक लिस्टिंग र बिक्रीलाई प्रतिबन्ध लगाउँदैछौ,’ फेसबुकका प्रडक्ट म्यानेजमेन्ट डाइरेक्टर रोब लेथर्नले ट्विटरमा भनेका छन् ।

फेसबुकले हाल मेडिकल फेस मास्कलाई अस्थाईरुपमा मात्र लिस्टिंग र बिक्रीमा प्रतिबन्ध लगाएको हो । यसका साथमा फेसबुकले बजारमा अनावश्यकरुपमा आकस्मिकता सिर्जना नगराओस भनेर मेडिकल उत्पादनहरुको विज्ञापनलाई पनि सिमित गर्ने भएको छ ।

यसअघि नै फेसबुकले कोरोनाभाइरसको बारेमा सर्तकता अपनाउँदै कोरोनाभाइरस थिम भएका ग्रुप तथा पेजहरुलाई ब्लक गर्न शुरु गरिसकेको छ ।

विश्वभर कोरोनाभाइरसको त्रास फैलिरहँदा अन्य टेक कम्पनीहरुले पनि भ्रामक जानकारी र सूचनाहरुमा रोक लगाईसकेका छन् ।

प्रकाशित: २४ फाल्गुन २०७६, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार