नोकियाको पहिलो ५जी स्मार्टफोन जेम्स बण्डको नयाँ सिनेमामा प्रयोग

  • Technology Khabar | २३ फाल्गुन २०७६, शुक्रबार
नोकियाको पहिलो ५जी स्मार्टफोन जेम्स बण्डको नयाँ सिनेमामा प्रयोग

काठमाडौं ।

काठमाडौं । यो वर्ष जेम्स बण्डको सिरिजको नयाँ फिल्म नो टाइम टू डाई रिलिज हुँदै छ तर कोरोनाभाइरसका कारण यो फिल्मको रिलिज ७ महिना पछाडि पुगेको छ ।

जेम्स बण्डको सो फिल्समा नोकियाको पहिलो ५जी स्मार्टफोन पनि देखाइनेछ । तर नोकियालाई यो विषयको जानकारी छैन होला की आफ्नो पहिलो ५जी स्मार्टफोनलाई ७ महिनासम्म लन्च गर्न बाट रोकियोस् ।

यसअघि नै नोकियाका फोनहरु बनाउने एचएमडी ग्लोबलले २५ औं जेम्स बण्डको फिल्ममा नोकियोको पहिलो ५जी स्मार्टफोन प्रदर्शन हुने बताएको छ । कम्पनीले नोकियाको दोस्रो फ्यूचर फिल्म पनि यो सिनेमामा प्रयोग गरिएको जानकारी दिएको छ ।

हालसम्म नोकियाको कुनैपनि ५जी स्मार्टफोन लन्च भएको छैन भने लण्डनमा आयोजना गरिने इभेन्टबाट मार्च १९मा कम्पनीले यो फोन लन्च गर्न सक्नेछ ।5G Smartphone

जेम्स बण्ड रिलिज हुनुभन्दा पहिले एचएमडी ग्लोबलले आफ्नो कमर्शिलयमा यसको फस्ट लूक पनि जारी गरेको छ ।

सो भिडियो टिरमा एजेन्ट नोओमी देखिन्छिन जोसँग नोकियाको ५जी स्मार्टफोन छ । एचएमडी ग्लोबलले यो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो माकेटिंग क्याम्पेन हो ।

यसअघि नोकियाले आफ्नो ५जी स्मार्टफोन मोबाइल वल्र्ड कंग्रेस २०२० मा लन्च गर्ने योजना गरेको थियो तर कोरोनाभाइरसका कारण सो कन्फ्रेन्स नै स्थगित भएको थियो ।

प्रकाशित: २३ फाल्गुन २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...