गूगल क्लाउडले चार नयाँ क्षेत्रहरुमा डाटा सेन्टर राख्ने, विश्वभर कुल २६ स्थान पुर्याउँदै

  • Technology Khabar | २३ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौं । गूगल क्लाउडले आफ्नो चार नयाँ डाटासेन्टरहरु स्थापना गर्ने घोषणा गरेको छ । कम्पनीले विभिन्न फरक चार क्षेत्रहरुमा आफ्नो नयाँ डाटा सेन्टर राख्न लागेको हो ।

गूगल क्लाउडको डाटा सेन्सर राखिने देशहरुमा भारत, कतार, अष्ट्रेलिया र क्याना रहेका छन्। योसँगै गूगल क्लाउडको कुल २६ स्थानामा पुगेकोछ । यसअघि नै कम्पनीले जाकार्ता, लस भेगास, साल्ट लेक सिटी, सियोल र वार्सामा आफ्नो क्षेत्रिय डाटा सेन्सरहरु आगामी वर्ष राख्ने बताएको थियो ।

भारत र अष्ट्रेलियामा यसअघि नै डाटा सेन्टर भएपनि यो घोषणापछि गूगल क्लाउडले त्यसलाई सोहि क्षेत्रको लागि प्रयोग गर्ने बताईएको छ ।

गूगलले मध्यपूर्वमा भने पहिलो पटक कतार फ्री जोन अर्थोरिटीसँग मिलेर लन्च गर्न लागेको हो । गूगल क्लाउडको प्रमुख ग्राहक मध्यपूर्वमा बेस्पिन ग्लोबल कम्पनी रहेको छ । एजेन्सी

प्रकाशित: २३ फाल्गुन २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार