
काठमाडौं ।
काठमाडौं । अहिलेको स्थितीलाई हेर्ने हो भने गूगलमा मालवेयर एप्स हुनु एउटा सामान्य कुरा जस्तै भईसकेको छ । पछिल्लो केहिदिन यता यस्ता मालवेयर एप्सका बारेमा लगातार समाचार प्रकाशन भईरहेको छ । अहिले पनि एक त्यस्तै घटना सार्वजनिक भएको छ । जसअनुसार फेरी गूगलमा १० यस्तै मालवेयर एप्स स्पट भएका छन् ।
भिपिएन प्रो को रिसर्चहरुले यूजरहरुमा एकदमै लोकप्रिय रहेका भिपिएन एप्समा गम्भिर त्रुटीहरु पत्ता लगाएका हुन । भिपिएन (भर्चुअल प्राइभेट नेटवर्क) एप्सलाई सेक्योर कनेक्सनको लागी बनाईने गरिन्छ । तर विज्ञहरुले केहि खतरनाक एप्सलाई देखाउँदै एन्ड्रोएड यूजरहरुलाई चेतावनी दिएका छन् । यी एप्स यूजरहरुमा यति पपुलर छन् कि यिनीहरुलाई १० करोड पटक डाउनलोड गरिएको छ।
भिपिएन प्रो का रिसर्चर जन योङ्गरेनले आफुहरुको विश्लेषणबाट यी एप्समा यूजरहरुलाई खतरनाक अट्याक हुन सक्ने त्रुटीहरु पाईएको बताएका छन्। यस अट्याकलाई ‘म्यान ईन द मिडल’ ह्याक भनिएको छ ।
ह्याकरहरुले यि एप्सका माध्यबाट भिपिएन प्रोभाईडर बिच भएको गतिविधिलाई सजिलै ट्रयाक गर्न सक्ने छन । साथै ह्याकरहरुले यूजरले फोनमा कहिले के गरिरहेका छन भन्ने चेक पनि गर्न सक्दछन । भिपिएनको काम यूजरहरुको एक्टिभिटीलाई प्राइभेट राख्नु हुन्छ तर यि एप्सले यसको उल्टो काम गरिरहेका छन र यूजरहरुको प्राईभेसीसँग छेडछाड गरिरहेका छन ।
१० एप्स यस्ता-
१. सुपरभिपिएन फ्रि भिपिएन क्लाईन्ट
२.ट्यापभिपिएन फ्रि भिपिएन
३.बेस्ट अल्टिमेट भिपिएन–फास्टेस सेक्योर अल्टिमेट भिपिन ४.वुमा भिपिएन–प्रो(फास्ट एन्ड अल्टिमेट एन्ड सेक्योरिटी)
५.भिपिएन अनब्लकर फ्रि अल्टिमेट बेस्ट एनोन्युमस सेक्योर
६.भिपिएन डाउनलोडः टप, क्वुईक एन्ड अनब्लक साइट्स
७.सुपर भिपिएन २०१९ यूएसए–फ्रि भिपिएन, अनब्लक प्रोक्सी भिपिएन
८.सेक्योर भिपिएन फास्ट भिपिएन फ्रि एन्ड अल्टिमेट भिपिएन
९.पावर भिपिएन फ्रि भिपिएन
१०. कोरिया भिपिएन–प्लगिन फर ओपनभिपिएन
योङ्गरेनले आफुहरुको रिसर्च अनुसार हाल १० करोड भन्दा धेरै मानिसहरुको के्रडिट कार्ड को डिटेल चोरी हुन सक्ने खतरा रहेको बताए ।
यसले प्राइभेट फोटो र भिडियोलाई पनि अनलाइनमा लिक वा बेच्न सक्ने छ । हरेक मिनेट यूजरहरुको प्राइभेट कुराहरु रेकर्ड गरेर गोप्य लोकेशनमा पठाइने योङ्गरेनले जनाएका छन । रिसर्चरहरुले यूजरहरुलाई यी एप्सलाई तत्कालै डिलिट गर्न आग्रह पनि गरेका छन । एजेन्सी
प्रकाशित: २० फाल्गुन २०७६, मंगलवार