
काठमाडौं ।
काठमाडौं । ५जी नेवटर्क संसारभर रोलआउट हुँदैछ । विकसित मुलुकहरुले यहि वर्षभित्र आफ्नो देशमा ५जी नेटवर्क बनाउने तयारी गरिरहेका छन भने अन्य मुलुकहरुपनि ५जीमा जाने तरखर गरिरहेका छन् ।
अमेरिका, दक्षिण कोरिया, बेलायत, चीनलगायतका मुलुकमा ५जी नेटवर्कको बिस्तार तिब्रगतिमा भईरहेको छ । जसले गर्दा ५जी स्मार्टफोनको बिक्री र माग बढ्दै गएको छ । तर ५जी स्मार्टफोनको माग सबैभन्दा उच्च चीनमा रहेको रिपोर्ट सार्वजनिक भएको छ ।
चीनले मात्रै विश्वको नयाँ पुस्ताको फोनहरुमध्ये सबैभन्दा धेरै खरिद गरिरहेको छ ।
काउन्टरप्वाइन्ट रिसर्चको नयाँ रिपोर्टअनुसार विश्वभरको ५जी स्मार्टफोन आपूर्ति र बिक्रीमध्ये गत वर्ष चीनले मात्रै करिब आधा खरिद गरेको थियो ।
चीनमा गत वर्ष २०१९ मा सबैभन्दा धेरै ५जी स्मार्टफोन ह्वावेको बिक्रीभएको थियो जसले ५जी बजारको करिब तीन चौथाई हिस्सा ओगटेको छ ।
अमेरिकाले चिनियाँ स्मार्टफोन मेकरलाई प्रतिबन्ध लगाएपछि टेक जायन्ट ह्वावेले आफ्नो होम मार्केटमा आक्रामकरुपमा बजार लक्षित गरिरहेको छ । ह्वावेका नयाँ स्मार्टफोनहरुमा गूगलका लोकप्रिय एप्स प्रयोग गर्न नपाउने भएपछि अमेरिका, यूरोपलगायतका बजारमा यसको बिस्तार नहुने भएसँगै चीनमा यो केन्द्रित भएको हो ।
काउन्टरप्वाइन्टकाअनुसार सन् २०१९ मा बिक्रीभएको ५जी स्मार्टफोनहरुमध्ये ४८ प्रतिशत चीनमा मात्र बिक्री भएका थिए । जसमध्ये ह्वावे र अनरले एक्लैले ७४ प्रतिशत ५जी स्मार्टफोनको बजार लिएका थिए । त्यसपछि सामसङ्गको बजार हिस्सा ४० प्रतिशत सहित दोस्रो स्थानमा छ ।
समग्रमा हेर्दा भने चीनमा स्मार्टफोनको बिक्री सन् २०१८ को तुलनामा सन् २०१९ मा ८ प्रतिशतले घटेको छ । ह्वावेका साथै सब ब्राण्ड अनरको सिपमेन्ट सन् २०१९ मा चीनमा उच्च रहेको छ ।
चीनमा ह्वावेपछि एप्पलको २६ प्रतिशत, शाओमी २२ प्रतिशत, ओपो १२ र भीभोको ६ प्रतिशत बजार हिस्सा रहेको छ ।
रिपोर्टअनुसार कोरोनाभाइरसको असरले गर्दा चीनको स्मार्टफोन बजार समेत प्रभावित भएको छ । जसअनुसार सन् २०२० को पहिलो चौमासिकमा करिब २० प्रतिशतको बिक्रीमा कमी आउने अनुमान गरिएको छ ।
प्रकाशित: १० फाल्गुन २०७६, शनिबार