
काठमाडौं ।
काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ । उनी सहरी विकास मन्त्री समेत थिए ।
राष्ट्रपति कार्यालयले उनको राजीनामा स्वीकृत गरेको जानकारी दिएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा बास्कोटाले सम्हालेको सञ्चार मन्त्रालयको जिम्मा अब अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने छन् त्यसैगरी सहरी विकास मन्त्रालयको कार्यभार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गले सम्हाल्ने गरी तोकेको जानकारी दिएको छ ।
प्रकाशित: ८ फाल्गुन २०७६, बिहीबार