सीजि कम्युनिकेशन र सरकारबिच जुहारी चल्दै गर्दा किन डिलिट गरे निर्वाण चाैधरीले आफ्नो ट्विट ?

  • Technology Khabar | २४ माघ २०७६, शुक्रबार
सीजि कम्युनिकेशन र सरकारबिच जुहारी चल्दै गर्दा किन डिलिट गरे निर्वाण चाैधरीले आफ्नो ट्विट ?
मोबाइल वर्ल्ड कंग्रेस २०१९ मा सीजीको तर्फबाट सीजी ग्रुपका निर्वाण चौधरी र टर्कसेलका अधिकारीबिच सम्झौता हुँदा उपस्थित रहेका तत्कालिन सञ्चार मन्त्री गोकुल बाँस्कोटा र दूरसञ्चार प्राधिकरणका अधिकारीहरु । फाइल फोटो

काठमाडौं ।

काठमाडौं । पछिल्लो दिनमा सरकार र अर्बपति व्यवसायी बिनोद चौधरी(सीजि कम्युनिकेशन)का बिचमा जुहारी नै चलेको छ ।

सरकारले सी.जि. कम्युनिकेशन प्रालिलाई मोबाइल सेवाको लाइसेन्स नदिएको भन्दै आएका उद्योगी चौधरीले आफूले सस्तोमा र निशुल्क नै डाटा सेवा दिनसक्ने दाबी गर्दै आएका छन् ।

सीजि कम्युनिकेशन प्रालि, बाँकी बक्यौता नतिर्ने कम्पनीहरुलाई सरकारले दिएको ५ वर्षे किस्ता सुबिधा, नेपाल दूरसंचार प्राधिकरणले हालै खारेज गरेको लिमिडेट मोबिलिटीको लाइसेन्स, प्रतिपक्ष दल नेपाली काँग्रेसले केहि समयअघि जारी गरेको विज्ञप्ति र हालै संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले गरेको टिप्पणीका बिचमा अहिले सरकार र सीजि बिचमा जुहारी जस्तै देखिएको हो ।

तर सोहि बारेमा सरकारले भने २० अर्ब रुपैयाँ तिरे लाइसेन्स दिनसकिने बताएको छ ।

यसै विषयमा विनोद चौधरीले बिहिबार नियमति पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले बोलेको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आफ्ना ट्वीटमार्फत असन्तोष व्यक्त गरेका छन् ।

उनले शुक्रबार संचार मन्त्रीको भनाई गलत रहेको भन्दै ट्विटमा भनेका छन्, ‘२० अर्ब रकम १० वर्षमा फरक किस्तामा चुक्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्कको हो भन्ने ज्ञान उहाँलाई नहुनु दुखद छ । सबै भ्रमउपर सार्वजनिक छलफल गर्न सीजि कम्युनकेशनका तर्फबाट म उत्सुक छु ।’

मन्त्री बाँस्कोटाले बिहिबारको नियमित पत्रकार सम्मेलनमा २० अर्ब रुपैयाँ तिरे लाइसेन्स दिने बताएका थिए भने सिजीले दिने निशुल्क सेवा कति दिन, महिना वा वर्ष हो भन्दै प्रश्न गरेका थिए । उनले ग्रामीण दूरसंचारको लाइसेन्स लिएको कम्पनीले तोकिएको क्षेत्रमा सेवा बिस्तार गर्न नसकेको बताएका थिए ।

संचार मन्त्री बाँस्कोटाले सीजिलाई भने- २० अर्ब रुपैयाँ तिरेर यूनिफाइड लाइसेन्स लिनुस्

सोहि भनाईको प्रतिवाद गर्दै चौधरीले आज ट्विट गरेका हुन् ।

यसैबिच चौधरीका छोरा निर्वाण चौधरीले अघिल्लो वर्ष मोबाइल वल्र्ड कंग्रेसमा गरिएको सम्झौताको फोटो राख्दै संचार मन्त्री बाँस्कोटालाई प्रश्न गरेका थिए । जसमा १ वर्षअगाडिको मन्त्रीलाई साक्षी राखेर गरेको सम्झौताको बारेमा उल्लेख गरेका थिए ।

जसमा बार्सिलोनामा गरिएको सम्झौताको बारेमा उल्लेख गर्दै मन्त्रीले आफ्नो प्रतिबद्धता बिर्सिएको बताएका थिए । उनले समान खेल प्रतिस्पर्धाको अवसर दिने भनेको उल्लेख गर्दै त्यसको लागि सामान्य स्मरण गराएको लेखेका थिए ।

सो सम्झौताको समयका अन्य तस्वीरहरु यस्ता थिए-

हामीले सो सम्झौताको बारेमा तत्कालिन समयमा समाचार समेत लेखेका थियौं । जसको लिंक तल छ ।

तर उनले सो आफ्नो ट्विट डिलिट गरिसकेका छन् ।

https://twitter.com/BeingNirvana/status/1225702728359264257

उनले सो ट्विट डिलिट गरेपनि त्यसअघि गरेको ट्विटमार्फत उनले नेपालको मोबाइल शुल्क दक्षिण एशियामा नै महंगो भएको बताएका छन् । उनले ६५ प्रतिशतको मार्जिन राखेर एकाधिकार गरिएको भन्दै४जी केबल २० प्रतिशतभन्दा कम भएको दाबी गरेका हुन ।

यो पनि हेर्नुस्-

संचारमन्त्रीलाई साक्षीराख्दै गरेको सम्झौतापछि मोबाइलको लाइसेन्स पाउला त सीजीले ?

प्रकाशित: २४ माघ २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार