दूरसंचार सेवामार्फत कसैलाई गाली वा धम्की दिए, १५ लाख रुपैयाँसम्म जरिवाना र १ वर्षसम्म जेल

  • Technology Khabar | १२ माघ २०७६, आईतवार
दूरसंचार सेवामार्फत कसैलाई गाली वा धम्की दिए, १५ लाख रुपैयाँसम्म जरिवाना र १ वर्षसम्म जेल
आईफोन ६

काठमाडौं ।

अनुज राज ।

काठमाडौं । दूरसंचार सेवा प्रयोग गरेर गाली गर्ने, धम्क्याउने वा दुख दिने कार्य गरेमा अब दूरसंचार सेवा प्रयोगकर्ताले दण्ड जरिवानाका साथै जेल जानुपर्ने प्रस्ताव दूरसंचार विधेयकमा गरिएको छ ।

सरकारले हालको दूरसंचार ऐन २०५३ लाई प्रतिस्थापन गर्न नयाँ दूरसंचार विद्येयक तयार पारेको छ जसको मस्यौदामा दूरसंचार सेवा प्रयोगमार्फत गाली गर्ने, धम्क्याउने वा अनावश्यक दुख दिने कार्य गरेमा १ वर्षसम्मको जेल सजाय प्रस्ताव गरिएको छ ।

सो प्रस्तावित विद्येयकको परिच्छेद १२ मा रहेको कसुर, सजाय र पुनरावदेनअन्तरगत दफा ६६ को (ज)मा दूरसंचार सेवाको माध्यमबाट गाली गर्ने, धम्क्याउने वा अनावश्यक दुःख दिने कार्य गरेमा कसूर गरेको मानिने उल्लेख छ भने सो दफाअन्तरगत दफा ६७ मा राखिएको सजायअन्तरगत त्यस्तो कार्य गरेमा १० लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुबैको सजाय हुने व्यवस्था लेखिएको छ ।

त्यसैगरि सो विद्येयकको दफा ६६ मा अन्य प्रकारका कसुर र दफा ६७ मा सजायको बारेमा उल्लेख गरिएको छ।

दफा ६६ अनुसार अनुमतिपत्र नलिई सेवा संचालन गरेमा, अनुमतिपत्रमा उल्लिखित शर्तको पालना नगरेमा वा उल्लंघन गरेमा, दूरसंचार प्राधिकरणको निर्देशन पालना नगरेमा नेटवर्क अन्तरआबद्धता गर्न इन्कार गरेमा, दूरसंचार सेवा प्रदायकले आफूखुशी दूरसंचार सेवा अवरुद्ध वा बन्द गरेमा, प्रतिस्पर्धा नियन्त्रण गर्ने काम गरेमा, क्रस सब्सीडी दिएमा, दूरसंचार सेवाको दूरुपयोग गरेमा वा अनधिकृत रुपमा प्रयोग गरेमा, दूरसंचार प्रणाली वा सो सम्बन्धि उपकरणहरुमा हानी नोक्सानी पुर्याएमा कसुर मानिने उल्लेख छ ।

त्यस्तो कसुरको लागि दफा ६७ मा विभिन्न दण्ड सजायको व्यवस्था तोकिएको छ ।

नयाँ विद्येयकमा दूरसंचार सेवाको ब्याख्या समेत गरिएको छ । जसको दफा २ परिभाषाको उपदफा ((ट)मा ‘दूरसंचार सेवा भन्नाले कुनै आवाज, चिन्ह, संकेत, लेखोट, आकृति, गोप्य संकेत वा खबर, उत्सर्जन, प्रसारण वा प्राप्तिको लागि कुनै तरिकाले पुनव्यवस्था, गणना वा अन्य परिवर्तन गरेको वा नगरेको त्यस्तो आवाज, चिन्ह, संकेत, लेखोट, आकृति वा गोप्य संकेत वा खबर, तार रेडियो, प्रकाश वा अन्य विद्युत चुम्बकीय प्रणालीद्धारा आदान प्रदान गर्ने कार्य सम्झनु पर्छ र सो शब्दले दूरसंचार पूर्वाधार निर्माण गर्ने कार्यलाई समेत जनाउँछ,’ भन्ने उल्लेख छ ।

*हेडलाइन संसोधन

प्रकाशित: १२ माघ २०७६, आईतवार

तपाइको प्रतिक्रिया