ध्यान दिनुस् यी पाँच कारणहरुमा, जसले तपाईँको मोबाइल फोनको ब्याट्री लाइफ चाँडै सकिन्छ

Technology Khabar २६ पुष २०७६, शनिबार

काठमाडौं ।

काठमाडौं । अधिका‌श समय स्मार्टफोनको ब्याट्री किनेको छ महिना देखि नै बिग्रन थाल्छ। फुल चार्ज गर्दागर्दै पनि ब्याट्री एक दिन पुरा चल्दैन् । यतिमात्र हैन एक वर्षसम्ममा त ब्याट्रीले काम नै गर्न छोड्छ । ब्याट्री यति छिटो डाउन हुन्छ कि दिनमा बारम्बार फोनलाई चार्जमा राख्नु पर्ने हुन्छ । ब्याट्री यस्तो हुनुको कारणको जिम्मेवार हामी नै हौ र यसका कयौं कारणहरु हुन्छन, जसलाई हामी देख्दादेख्दै पनि वेबास्ता गरीदिन्छौ ।

एक रिर्पोटले ब्याट्री यस्तो हुनुको पछाडिको मुख्य पाँच कारणहरु देखाएको छ । ती कारणहरु यस्ता छन्-

ओभर चार्जिङ्ग

हामीमध्ये धेरैको बानी छ फोनको चार्ज १०० प्रतिशतबाट अलिकति कम हुनासाथ चार्जमा राखि हाल्ने । अक्सर मानिसहरु ४० देखि ५० प्रतिशत ब्याट्री हुँदापनि फोनलाई चार्जमा राखिहाल्छन् । जुन बिल्कुलै गलत हो । र ब्याट्री छिटो डाउन हुनुको प्रमुख कारणपनि यहि हो । जबसम्म ब्याट्री २० प्रतिशतमा आउँदैन, हतारिएर ब्याट्री चार्जमा हाली नहालौं । ध्यान रहोस् मोबाइल फोनलाई कहिल्यै पनि १०० प्रतिशत चार्ज हुँदासम्म चार्जमा नराखौं । ९० प्रतिशत पुगेपछि नै चार्जबाट निकालौ, यसो गर्दा ब्याट्री ज्यादा समयसम्म टिकाउ रहन्छ ।

धेरै ट्यावहरु

अक्सर हामी स्मार्टफोनको ब्राउजरमा धेरै ट्यावहरु खोल्ने गर्दछाै‌ं । हरेक वेबसाइटको लागी छुट्टाछुट्टै ट्याबल चलाएर त्यसलाई बन्द गर्न भुल्दछौं । यस्तो बेला ब्याकग्राउन्डमा ट्याव खुल्ला हुने हुनाले ब्याट्रीको काम बढाई दिन्छ, जसको कारणले ब्याट्री छिटो डाउन हुन थाल्दछ । यदि ब्याट्रीको लाइफ बढाउनु छ भने प्रयोग गरीसकेपछि यस्ता ट्यावहरु बन्द गर्ने बानि बसालौं ।

खतरनाक भाइब्रेट मोड

जो मान्छे आफ्नो मोबाइल फोनलाई जहिल्यै भाइब्रेशन मोडमा राख्छन, उनिहरुको फोनको ब्याट्री चाडैं नै डाउन हुन्छ । यो मोड फोन ब्याट्रीको साथसाथै मान्छेको लागी पनि खतरनाक छ । फोनको रिंग टोनको साटो भाइब्रेशनमा राख्दा ठिकै हुन्छ तर अन्य कामहरुमा पनि भाइब्रेशन गर्ने हुन्छ । उदाहरणको लागी तपाईँले किबाेर्डमा टाइप गर्दा भाइब्रेशन हुनसक्छ । यदि फोनलाई टच गर्दा या बटन दबाउँदा भाइब्रेशन हुन्छ भने त्यसलाई तत्काल बन्द गरौं । यसले पनि ब्याट्रीलाई खराब बनाउँछ ।

नक्कली चार्जर

कम्पनीले मोबाइल फोनका साथमा एउटा चार्जर बक्सभित्रै दिएको हुन्छ । यदि कुनै मोबाइल बक्समा छैन भनेपनि छुट्टै किन्ने सुबिधा हुन्छ । त्यसैले जहिले पनि मोबाइल फोनलाई सेटकै चार्जरले चार्ज गर्ने गरौं । कुनै अर्को फोनको चार्जर प्रयोग गर्दा फोनको ब्याट्रीमा ठुलो असर पुग्दछ । अझ नक्कली र गुणस्तरहिन चार्जरको प्रयोग त फोनको लागी खतरनाक साबित हुन सक्छ।

मोबाइल डाटा सधै अन

हर समय फोनको डाटा नेटवर्क अन राख्नाले फोनको ब्याट्री खपत बढ्दछ । किनभने डाटा मोड अन हुँदा फोनको ईमेल फोल्डर हर समय अपडेट हुन्छ । यसबाहेक डाटा प्रयोग हुँदा पनि ब्याट्री पावर प्रयोग हुन्छ । जसको कारणले ब्याट्रीको काम बढ्न पुग्छ, र फोन ब्याट्री चाडैं नै डाउन हुन पुग्दछ ।

त्यसैले माथि उल्लेखित यी विषयहरुमा ध्यान दिनुभयो भने तपाईँको मोबाइल फोनको ब्याट्री अधिक समयसम्म सुरक्षित हुन्छ भने छिटोछिटो चार्ज गर्नुपर्ने समस्या पनि समाधान हुन्छ ।

प्रकाशित: २६ पुष २०७६, शनिबार

तपाइको प्रतिक्रिया