Technology Khabar १४ पुष २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । स्मार्टफोन तथा स्मार्ट ग्याजेट निर्माता शाओमीले नयाँ स्मार्ट हेलमेट लन्च गरेको छ । कम्पनीको यो स्मार्ट हेलमेटलाई स्मार्टफोरयू हेलमेटको रुपमा चिनिन्छ ।
यो हेलमेटको पछाडि रातो रंगको एलईडी लाइट दिईएको छ जुन पछाडि आउने अन्य सवारीसाधनहरुलाई अलर्ट गर्दछ ।
चिनियाँ कम्पनी शाओमीको यो हेलमेट पीसी र ईपीएस सामाग्रीहरुको प्रयोग गरिएको छ भने यसमा सोलिड स्वेट एब्जर्बिंग स्ट्राईप दिइृएको छ । हेलमेट वाटर रेजिस्टेन्ट रेटिंगसहित आउँछ भने यसलाई साइकल चलाउँदा प्रयोग गर्नेगरि बनाईएको हो ।
हेर्दा मोटरसाइकलमा प्रयोग गर्ने किसिमको हेलमेट भएपछि यो साइकल प्रयोगकर्ताहरुलाई अन्य सवारीसाधनबाट सुरक्षित बनाउन तयार पारिएको हो ।
यसमा ७ सेसनिंग एलईडी राखिएको छ जुन फास्ट फ्ल्याश, ट्राइडल र ब्लास्ट फ्ल्याश तीन लाइट मोडका साथ आउँछ।
सो हेलमेटमा ३.७ भोल्टको ४५५ एमएएचको ब्याट्रि छ र यसलाई लगातार लाइट अन गर्दापनि यो ३६ घण्टासम्म ब्याकअप दिन्छ ।
ब्याट्रीलाई चार्ज गर्नका लागि ५ भोल्टको डिसी चार्जर दिईएको छ । ब्याट्री ३ घण्टामा फूल चार्ज हुन्छ ।
साइकलमा ब्रेक लगाउँदा हेलमेटको पछाडि राखिएको लाइट अन हुन्छ र पछाडिबाट आएका गाडिहरुलाई अलर्ट हुन्छ । यो हेलमेट २० मिनेटसम्म नलगाएको अवस्थामा भने लाइट अटो सटडाउन हुन्छ ।
यो हेलमेटको मूल्य ७७ अमेरिकी डलर तोकिएको छ भने यो विभिन्न अन्तराष्ट्रिय ईकमर्श साइटहरुमा बिक्रीका लागि उपलब्ध छ ।
प्रकाशित: १४ पुष २०७६, सोमबार