काठमाडौं ।
काठमाडौं । सन् २०१९ सकिने समयसँगै विश्वमा सबैभन्दा धेरै बिक्रि भएका स्मार्टफोनहरुको लिस्ट आएको छ । टेक्नोलोजी मार्केट रिसर्च कम्पनी काउन्टरप्वाइन्टले विश्वभरका सबैभन्दा अधिक बिक्री भएका प्रमुख स्मार्टफोनहरुको सूची जारी गरेको छ ।
यो लिस्टलाई सन् २०१९ को तेस्रो क्वाटर अर्थात जुलाई देखि सेप्टेम्बरसम्मको डाटा राखिएको छ ।
लिस्टमा पहिलो स्थानमा एप्पलको डिभाइस रहेको छ । जसमा आइफोन एक्सआर नम्बर एक भएको छ । सो अवधिमा आइफोन एक्सआरले विश्वभर ३ प्रतिशत बजार ओगटेको थियो । टप १० स्मार्टफोनमा सामसंग र ओप्पोका ३ तीन वटा हेडसेट परेका छन् ।
यो लिस्टमा आइफोन एक्सआरका साथमा सामसंग ग्यालेक्सी ए१०, ग्यालेक्सी ए५०, ओपो ए९, आइफोन ११, ओपो एस ५एस, ग्यालेक्सी ए२०, ओपो ए५, शाओमी रेडमी ७ए र ह्वावे पी३० रहेका छन् ।
हेर्नुस् प्रमुख १० को सूची
प्रकाशित: १० पुष २०७६, बिहीबार