काठमाडौं ।
काठमाडौं । गूगलले सन्२०१९ मा प्रयोग भएका र लन्च भएका मध्येबाट उत्कृष्ट एप्स सार्वजनिक गरेको छ । गूगलको प्ले स्टोरबाट डाउनलोड भएका मध्ये उत्कृष्ट एपहरुको घोषणा गरेको हो ।
गूगलले गेमिंगतर्फ यो वर्षको उत्कृष्ट एपमा कल अफ डिउ्टीः मोबाइल परेको छ भने यसबाहेक एब्लो एपलाई कम्पनीले उत्कृष्ट एप बताएको छ ।
एब्लो एपको माध्यमबाट तपाईँले विश्वभरका साथीहरुसँग आफ्नो भाषामा कुराकानी गर्न सक्नुहुन्छ ।
गूगलले प्ले स्टोर वेस्ट अफ २०१९ मा यूजर्स च्वाइसको पनि क्याटोगरी राखेको थियो । यो क्याटोगरीका लागि प्रयोगकर्ताहरुले कल अफ डिउटीः मोबाइललाई सबैभन्दा वेस्ट गेम एप भएको बताए ।
समग्रमा हेर्दा भने गूगलको यूर्जस च्वाइसमा स्पोटीफाई नम्बर एक एप भएको यूजर्सले बताएका छन् ।
गूगल प्ले स्टोरमा भएका मध्ये उत्कृष्ट फिल्म क्याटोगरीमा एभेन्जर्स इण्डगेम परेको छ भने यसलाई यूजर्स च्वाइसतर्फ पनि उत्कृष्ट भएको छ ।
यी बाहेक कम्पनी अन्य क्याटोगरीमा पनि उत्कृष्ट एपहरु छनौट गरेको छ ।
यो पनि हेर्नुस्-
एप्पलद्धारा आफ्ना डिभाइसमा प्रयोग हुने उत्कृष्ट एप्स तथा गेमहरुको घोषणा
प्रकाशित: २० मंसिर २०७६, शुक्रबार