ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) ह्वावेको आफ्नै इन्टेलीजेन्ट इकोसिस्टम

  • Technology Khabar | ३ मंसिर २०७६, मंगलवार
ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) ह्वावेको आफ्नै इन्टेलीजेन्ट इकोसिस्टम

काठमाडौं ।

काठमाण्डौँ । ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) ले सिंगापुरमा पहिलो एप्याक डिभेलपर डे को आयोजना गरेको छ । डेभलपर डे मा ह्वावेको एसिया प्रशान्त क्षेत्रका १५० भन्दा बढी साझेदारहरूको सहभागिता थियो । सो कार्यक्रममा ह्वावेले एउटा खुला इकोसिस्टम निर्माण गर्ने आफ्नो योजना बारे जानकारी गराएको थियो ।

ह्वावेले खुला इकोसिस्टमअन्तर्गत अल सियानोरियो, नवीनतम प्रविधिहरू जस्तै ह्वावे मोबाइल सर्भिसेस ओपन केपेबिलिटिज, ह्वावे डिभाइसेस, फाइभ जी नेटवर्कहरू तथा एआई–पावर्ड एपहरूले सपोर्ट गर्ने सिमलेस डिजिटल लिभिङ को निर्माण गर्ने लक्ष्य रहेको छ ।

ह्वावे कन्ज्युमर बिजनेस ग्रुपको उपस्थिति विश्वव्यापी बजारमा बलियो हुँदै गइरहेको छ। ह्वावे विश्वकै सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन आपूर्तिकर्ता हो । ह्वावेले सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्म २०० मिलियनभन्दा बढी मोबाइलफोनहरू आपूर्ति गर्यो । अघिल्लो वर्षको तुलनामा ह्वावेका अन्य उत्पादनहरूको पनि आपूर्तिमा निरन्तर वृद्धि आएको छ– कम्प्युटरमा २१४ प्रतिशतले, स्मार्ट अडियोमा ३३ प्रतिशत र वेयरेबल उत्पादनहरूतर्फ २७२ प्रतिशतले वृद्धि भयो ।

“हाम्रो लागि अब ह्वावे इकोसिस्टम सार्वजनिक गर्ने समय आइसकेको छ किनकि यस क्षेत्रमा ३० वर्षभन्दा बढी समय बिताइसकेपछि हामी एउटा परिपक्व चरणमा पुगिसकेका छौँ । ह्वावे इकोसिस्टम ह्वावे मोबाइल सर्भिसेसमा जडित छ र हाम्रो ‘१+८+एन’ रणनीतिमा संलग्न
छ । यसले हाम्रा साझेदारहरूलाई उनीहरूको व्यवसायहरू हाम्रो प्लेटफर्ममा एकीकृत गरी उनीहरूलाई डिजिटल इनोभेसनलाई अघि बढाउन सघाउनेछ।” ह्वावे कन्ज्युमर क्लाउड सर्भिसका अध्यक्ष झाङ पिङ’यानले भने ।

ह्वावे इकोसिस्टमको १+८+एन अप्रोचले एउटा स्मार्टफोनलाई आठवटा सपोर्टेड डिभाइसहरू र असीमित आइवोटी सर्भिसहरूमा जोड्दछ ।

“ह्वावे इकोसिस्टममा, ह्वावे मोबाइल सर्भिसेस डिभाइसहरू, एपहरू तथा इन्डयूजरहरूबीचको संयोजन तथा व्यवस्थापन केन्द्रका रुपमा काम गर्दछ। ह्वावेको फाइभ जी नेटवर्क, एआई पावर्ड सिस्टम तथा क्लाउड कम्प्युटिङ सलुशनका साथमा हामी सबैका लागि सिमलेस एआई लिभिङ स्थापना गर्ने हाम्रो सोच छ ।“ अध्यक्ष झाङपिङ यानले थप भने ।

ह्वावे इकोसिस्टमले ह्वावे मोबाइल सर्भिसेसको विश्व बजारमा उपस्थितिलाई थप मजबुत बनाउँदै गइरहेको छ । अहिलेसम्म १७० भन्दा बढी देशमा यसले ५७० मिलियनभन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरूलाई सेवा प्रदान गर्दछ । सन् २०१९ को तेस्रो त्रैमासिकमा ह्वावे मोबाइल सर्भिसेसको ह्वावे एपग्यालरीमा मासिक रूपमा ३९० मिलियन सक्रिय प्रयोगकर्ताहरू रहेका छन् । यसले सन् २०१८ मा विश्वव्यापी सेवा सुरू गरेयता एक वर्षको अवधिभित्र १८० अर्बभन्दा बढी एप डाउनलोडहरू भए ।

हाल ह्वावे मोबाइल सर्भिसेसमा १.०७ मिलियन दर्ता भएका ग्लोबल डिभेलपरहरू रहेका छन् र एचएमएस कोरमा ५० हजारभन्दा बढी एपहरू एकीकृत भइसकेका छन् जसले ह्वावेका सबै डिभाइसहरूमा कम्प्याटिबल हुने एपको भर्सन निर्माण गर्न सघाउँछ ।

एसिया प्रशान्त क्षेत्र (एप्याक )का बजारहरूमा ह्वावे मोबाइल सर्भिसेसले हाल ह्वावे आईडी, मोबाइल क्लाउड, ह्वावे एप ग्यालरी, थिमहरू, ह्वावे म्युजिक तथा ह्वावे असिसटेन्टजस्ता विविध सेवाहरू उपलब्ध गराउँछ ।

ह्वावे मोबाइल सर्भिसेसका एप्याक क्षेत्रका बजारहरूमा उपलब्ध सेवाहरूः

–एप ग्यालरी ह्वावेको आधिकारिक एप वितरण गर्ने प्लेटफर्म हो र सन २०१८ मा विश्वव्यापी सेवाहरू सुरु गरेयता मासिक रूपमा ३९० मिलियन सक्रिय प्रयोगकर्ताहरू रहेको यस प्लेटफर्मले १७० वटा देशहरू तथा क्षेत्रहरूलाई समेट्दछ ।

–दुई सय सक्रिय प्रयोगकर्ताहरूले मासिक रूपमा ह्वावे ब्राउजर प्रयोग गर्ने । एपहरू ह्वावे अबिलिटी ग्यालरी फिचरमा एकीकृत गर्न मिल्ने तथा ह्वावे ब्राउजरको माध्यबाट प्रत्यक्ष सेवाहरू प्रदान गर्न मिल्ने

–ह्वावे असिस्टेन्टले पर्सनलाइज्ड न्यूज फिडहरू, क्यालेन्डर रिमान्डरहरू र थप सेवा प्रदान गर्दछ । १६० मिलियन मासिक प्रयोगकर्ताहरूसम्म पुग्नका लागि डिभेलपरहरूले आफ्ना सेवाहरू ह्वावे असिस्टेन्टमा राख्न सक्ने ।

–सन् २०१९ नोभेम्बरबाट निस्शुल्क पाँच जीबी क्लाउड स्टोरेज भएको ह्वावे मोबाइल क्लाउड एप्याक बजारहरूमा सार्वजनिक गरिने।

–क्वीक एपले प्रयोगकर्ताहरूलाई बिना डाउनलोड पहुँच दिने । हाल २५०० डिभेलपरहरूले आफ्नो सेवाहरू यो प्लेटफर्ममा कनेक्ट गरेका छन् र १००० क्वीक एपहरू चीनको बजारमा सार्वजनिक गरिएको। क्वीक एप आइडीइ अहिले संसारभरका डिभेलपरहरुका लागि उपलब्ध ।

स्मार्ट इकोसिस्टमको वृद्धिलाई सहजीकरण गर्न एचएमएसले आफ्नो चिपसेट डिभाइस
क्लाउड अबिलिटिजलाई ह्वावे डिभेलपर वेबसाइटमार्फत् संसारभरका डिभेलपरहरूलाई खुला गरेको छ । यो प्लेटफर्मले डिभेलपरहरूलाई एचएमएस कोर, एचएमएस केपेबिलिटिज र एचएमएस कनेक्ट सहितका डिभेलपर सर्भिसहरूलाई पूर्ण पहुँच दिन्छ ।

उक्त कार्यक्रममा घोषणा भए झै कुल २४ वटा एचएमएस कोर किटहरू, ५५ सर्भिसहरू तथा ९९७ एपीआईहरू सन् २०२० सम्म एसिया प्रशान्त क्षेत्रका बजारहरूमा उपलब्ध हुनेछ । नयाँ एचएमएस कोर सर्भिसहरूमा म्याप किट, लोकेशन किट, अवेरनेस किट, स्क्यान किट, क्वीक किट लगायत रहेका छन् ।

अहिले चीनको बजारमा १४ क्याटगोरीअन्तर्गत ११७ एपहरूसहित पाँच हजारभन्दा धेरै तेस्रो पार्टी सर्भिसहरू ह्वावे अबिलिटी ग्यालरीमा कनेक्ट भएका छन् ।

यसअघि घोषणा भएझैँ संसारभरका मोबाइल एप डिभेलपरहरुलाई सहयोग प्रदान गर्न ह्वावे साइनिङ स्टार प्रोगाममा १ अर्ब अमेरिकी डलर लगानी भएको छ । यस कार्यक्रमका लागि योग्य डिभेलपरहरुले आर्थिक सहयोग प्राप्त गर्नेछन् ।

यसका साथै सिंगापुरमा सन् २०२० को सुरुवातमा डिजिएक्स ल्याब संचालनमा ल्याईँदैछ।

“ह्वावे मोबाइल सर्भिसेस इन्डस्ट्रीका अन्य कम्पनीहरूसँग हाम्रो साझेदारीलाई थप मजबुत बनाउन प्रतिबद्ध छ । मोबाइल एप डिभेलपरहरूको नवीनतालाई सहयोग गर्दै हाम्रा प्रयोगकर्ताहरू समक्ष्य हाइक्वालिटी कन्टेन्ट ल्याउँनेछौँ।” अध्यक्ष झाङ पिङ’यानले भने ।

प्रकाशित: ३ मंसिर २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार