रिया मनि ट्रान्स्सफर युकेमार्फत नेपाल पैसा पठाउदा इन्द्रराज शेरचनले जिते दुई गुणाबढी रकम

  • Technology Khabar | २८ कार्तिक २०७६, बिहीबार
रिया मनि ट्रान्स्सफर युकेमार्फत नेपाल पैसा पठाउदा इन्द्रराज शेरचनले जिते दुई गुणाबढी रकम

काठमाडौं ।

काठमाडौं । सेवाग्राही इन्द्रराज शेरचन दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत सातौँ हप्ताको विजेता घोषित भएका छन् । शेरचन सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत विजेता घोषित भएको कम्पनीले जानकारी दिएको छ ।

सेवाग्राहीले युकेबाट अफर अवधिमा आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । उनले युके स्थित रिया मनि ट्रान्स्सफरमार्फत ५० हजार १३७ रुपैयाँ नेपालमा पैसा पठाएका थिए र जसको दुई गुणा हुन आउने रकम १ लाख २७४ रुपैयाँ जितेका छन् । पुरस्कार राशी सेवाग्राही शेरचनको सिफारिसमा उनका आफन्त चेलीमाया गौचनले ग्रहण गरे ।

आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म संचालन गरिरहेको जनाएको छ ।

प्रकाशित: २८ कार्तिक २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार