
काठमाडौं ।
काठमाडौं । चिनियाँ ईकमर्श कम्पनी अलिबाबा र त्यसका विभिन्न भेन्चरहरुमा सिंगल डेको बिक्री भईरहेको छ जसले रेकर्ड बिक्री र अर्डर आएको कम्पनीले जानकारी दिएको छ ।
अलिबाबाको वार्षिक ११.११ ग्लोबल सपिंग फेस्टिबल आइतवार रातीदेखि शुरु भएर सोमबार राती १२ बजेसम्म संचालन हुनेछ । तर कम्पनीले फेस्टिभलको पहिलो २ घण्टामा नै १८ अर्ब डलर बराबरको बिक्री सिर्जना गरेको छ । कम्पनीले पहिलो दुई घण्टाभित्रै १८ अर्ब डलर बराबरको ग्रस मर्चाण्डाइज भोलुम सिर्जना गरेको हो र हालसम्म त्यो २५ अर्ब डलर भन्दा माथि पुगेको रिपोर्ट आएको छ ।
त्यसअघि कम्पनीले पहिलो १ मिनेट ८ सेकेण्ड भित्रै १ अर्ब डलर भन्दा बढिको बिक्री भएको थियो । चिनियाँ ई कमर्श कम्पनीले केबल ८ मिनेटभित्र मात्रै ५ लाख ४४ हजारवटा अर्डर लिएको जानकारी दिएको छ ।
कम्पनीले ५० करोड भन्दा बढि यूजर्स यो वर्षको २४ घण्टाको सपिंग इभेन्टमा सहभागी हुने अनुमान गरेको छ । गत वर्ष यस्तो संख्या ४० करोड रहेको थियो ।
अलिबाबा ग्रुपका अधिकारीहरुकाअनुसार चिनियाँ उपभोक्ताहरुले विशेषगरि बहुराष्ट्रिय विदेशी ब्राण्डका सामाग्रीहरु अधिक खरिदमा आकर्षण देखिएको जानकारी दिएका छन् ।
गत वर्ष अलिबाबाले विश्वभर आफ्नो ईकमर्श प्लेटफर्मबाट ३० अर्ब डलर बराबरको व्यापार गरेको थियो । यसवर्ष भने बिक्री करिब २० देखि २५ प्रतिशतले बढ्ने विश्लेषकहरुले अनुमान गरेका छन् ।
अलिबाबाका को फाउण्डर ज्याक मा ले कम्पनीको चेयरम्यानबाट राजिनामा दिएपछिको पहिलो पटक कम्पनीले ११.११ सेल फेस्टिवल आयोजना गरेको हो । कम्पनी अहिले निकै कठिन अवस्थामा रहेको छ र हाल हंगकंगमा शेयर जारी गरेर१५ बिलियन डलर रकम उठाउने बारे ध्यान दिईरहेको छ । एजेन्सीका साथमा
प्रकाशित: २५ कार्तिक २०७६, सोमबार