शाओमीद्वारा नेपालमा पाँचौं आधिकारिक सर्भिस सेन्टर नारायणघाटमा संचालन

Technology Khabar २२ कार्तिक २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले दुई महिनाको अवधिमा आफ्नो पाँचौं आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ ।

नारायणघाटस्थित यो कम्पनीको पाँचौं सर्भिस सेन्टर हो । अन्य सर्भिस सेन्टरहरु काठमाडौं, नेपालगन्ज र इटहरीमा अवस्थित छन् ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, ‘शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ भएकाले हामी आफ्टर सेल्स र ग्राहक सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौं । यी नवीनतम प्रयासहरुले हामीलाई नेपाली ग्राहक र एमआई फ्यानहरुको माया र विश्वास हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र हामीलाई देशभर बढ्न मद्दत पुर्याउनेछ ।’

यी सर्भिस सेन्टरहरु संचालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको शाओमीले बताएको छ ।

सर्भिसको टर्नअराउन्ड समयमा उल्लेखनीय कमीसँगै पर्याप्त पहुँचयोग्यताले हामीलाई नेपालमा एमआई फ्यानहरुप्रति ब्राण्डको प्रतिबद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कम्पनीको दाबी छ ।

प्रकाशित: २२ कार्तिक २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया