स्मार्टफोन मेकर कम्पनी भीभोले दर्ता गर्यो ६जी लोगोको पेटेन्ट डिजाइन

  • Technology Khabar | ९ कार्तिक २०७६, शनिबार

काठमाडौं ।

काठमाडौं । विश्वभर भर्खर मात्रै ५जी टेक्नोलोजी आउँदैछ । विकसित मुलुकहरुले ५जी नेटवर्क बिस्तार गरिरहेका छन भने ५जी डिभाइसहरु पनि सिमितमात्रामा बजारमा उपलब्ध रहेका छन् ।

अहिले पनि कयौं मुलुकहरुले ५जी नेटवर्क विकास गर्ने तयारी गरिरहेको छ, केहि मुलुकहरुले २००२ सम्ममा ५जी नेटवर्क देशभर लगाएपनि अन्य मुलुकहरुमा भने अझै ५जी चरणबद्धरुपमा आउनेछ ।

५जी को शुरुवातदेखि नै हामीले केहि सानो कुराकानीमा ६जी को बारेमा पनि सुन्दै आएका छौं । तर अहिले नै चिनियाँ कम्पनी भीभोले भने सिक्सजीका लागि आफ्नो पेटेन्ट दर्ता गराएको छ ।

भर्खर ५जी आउन लागेको बेलामा ६जी आयो भनेर उत्साहित भने नहुनुस् । कम्पनीले कुनै ६जी नेटवर्कको बारेमा वा त्यसको स्ट्याण्डर्डको बारेमा भनेको होईन् । कम्पनीले केबल लोगो डिजाइन गरेको हो ।

चिनियाँ स्मार्टफोन मेकर भीभोले हालै यूरोपेली इन्टेलेक्च्यूअल प्रोपर्टी अफिसमा सिक्सजीको लोगोको डिजाइन दर्ता गरेको छ ।

हामिले छिटोमा ६जी सन् २०३० मा मात्र देख्नेछौं । तर भीभोले भने अहिले नै आफ्नो ६जीको यात्रा सुरक्षित गर्न चाहेको छ ।

भीभोले डिजाइन गरेको ६जी लोगोमा दुई अक्षरहरुलाई चारवटा डाइग्नल स्ट्राइपले क्रा गरेको छ, जसले संभवत ६जीको सुपरसोनिक स्पीडको अनुभव गराउँछ ।

६जीको बारेमा भर्खर मात्र अनुसन्धान शुरु गरिएको हुँदा यसको स्तर के हुन्छ भनेर भन्नु अहिले निकै हतार हुन्छ । किनकी हामीले अझै केहि वर्षसम्म ५जी कै अनुभव लिनुपर्नेछ ।

तरपनि भीभोले ६जी टेक्नोलोजी अनुसन्धान र विकासमा नेतृत्वदायी कम्पनीको रुपमा रहँदै आएको छ । यसबाहेक अर्को चिनियाँ कम्पनी ह्वावेले पनि ६जीको अनुसन्धान र विकास शुरु गरिसकेको जानकारी दिएको थियो । एजेन्सी

प्रकाशित: ९ कार्तिक २०७६, शनिबार

तपाइको प्रतिक्रिया