
काठमाडौं ।
काठमाडौं । स्मार्टफोन मेकर चिनियाँ कम्पनी शाओमी पहिलो पटक फर्च्यूनको फ्यूचर ५० लिस्टमा पर्न सफल भएको छ । शाओमीले पहिलो पटकमा नै सूचीको ७ औं स्थान ओगटेको छ ।
हालै फर्च्यूनले सार्वजनिक गरेको सूचीमा दिर्घकालिन वृद्धिको संभावना भएका कम्पनीहरु सूचीकृत हुने गर्दछन् । यो सूची फच्र्यून र म्यानेजमेन्ट कन्सल्टिङ्ग फर्म बीसिजीको सहकार्यमा आउने गर्दछ ।
शाओमीले आफ्नो पहिलो फोन सन् २०११ मा लन्च गरेको थियो । त्यसपछि कम्पनीले निरन्तर बिस्तार गर्दै गएको छ ।
फर्च्यूनको नम्बरअनुसार शाओमीमा करिब १७ हजार कर्मचारीहरु छन भने गत १२ महिनामा यसको आम्दानी २७.९ बिलियन डलर तथा नाफा १.६ बिलियन डलर रहेको छ ।
फर्च्यूनमा सूचीकृत भएका आधाभन्दा बढि कम्पनीहरु प्रविधि वा संचारको क्षेत्रका रहेका छन् । शाओमी मात्र प्रमुख १० को सूचीमा परेको स्मार्टफोन मेकर कम्पनी हो । यसको सबैभन्दा नजिकको प्रतिस्पर्धी भनेको गूगलको माउ कम्पनी अल्फाबेट हो जून १८ औं स्थानमा छ ।
फर्च्यूनको सूचीमा संभावना भएका अन्य कम्पनीहरुमध्ये स्पोर्टीफाई, कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी, सेल्सफोर्सलगायतका टेक कम्पनीहरु रहेका छन् । एजेन्सी
प्रकाशित: ९ कार्तिक २०७६, शनिबार