शाओमीले आगामी वर्ष १० वटाभन्दा बढि ५जी मोबाइल फोनहरु लन्च गर्ने योजना

  • Technology Khabar | ५ कार्तिक २०७६, मंगलवार
शाओमीले आगामी वर्ष १० वटाभन्दा बढि ५जी मोबाइल फोनहरु लन्च गर्ने योजना

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर शाओमी कर्पले आगामी वर्ष १० वटा भन्दा बढि मोडलमा ५जी स्मार्टफोनहरु लन्च गर्ने तयारी गरेको छ । कम्पनीका सिईओ लि जूनले चीनको वुझेनमा आयोजित वल्र्ड इनटरनेट कन्फ्रेन्समा सो जानकारी दिएका हुन् ।

आफ्नो गृह देनमा नै ह्वावे टेक्नोलोजीबाट कडा प्रतिस्पर्धा बेहोरीरहेको समयमा शाओमीको यो बनाई बाहिर आएको छ । गत महिना मात्रै शाओमीले घरेलु बजारमा आफ्नो पहिलो ५जी स्मार्टफोन एमआई ९ प्रो लन्च गरेको थियो ।

लीकाअनुसार सो फोनको माग कम्पनीको अपेक्षा भन्दा धैरै नै बढेको र त्यसले आपूर्ति श्रृंखलामा नै इस्यू आएको थियो । अब भने कम्पनीले आगामी सन् २०२० मा उच्च, मध्यम र न्यून तहको मूल्य आधारमा रहेर ५जी मोबाइल फोनहरु ल्याउने भएको हो ।

‘यस क्षेत्रका मानिसहरु निकै डराएका छन की आगामी वर्ष ४जी मोडलहरु बिक्री हुनेछैनन्, यो एउटा कदम हो जहाँ तपाईँसँग छनौट छैन तर अगाडि बढ्नुछ,’ ली ले भने, ‘त्यसैले हामी आशा गर्दछौं कि अपरेटरहरुले ५जी बेस स्टेशनहरुको बिस्तारलाई तिब्रता दिनेछन् ।’

शाओमीले यूरोपमा आफ्नो बजारलाई सुदृढ पार्दै लगेको छ जहाँ कम्पनीको बजार हिस्सा ९.६ प्रतिशत पुगेको छ । रोयटर्स

प्रकाशित: ५ कार्तिक २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei He Tingbo named to TIME’S fourth annual list of the TIME100 AI

  • Technology Khabar
  • ५ कार्तिक २०७६, मंगलवार