मोबाइल बैंकिङ्ग महा मेला योजनाका बिजेताहरुलाई राष्ट्रिय बाणिज्य बैंकद्धारा पुरस्कार बितरण

  • Technology Khabar | ४ कार्तिक २०७६, सोमबार
मोबाइल बैंकिङ्ग महा मेला योजनाका बिजेताहरुलाई राष्ट्रिय बाणिज्य बैंकद्धारा पुरस्कार बितरण

काठमाडौं ।

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले एफवान सफ्टसँगको सहकार्यमा आयोजना गरेको मोबाइल बैंकिङ्ग महा मेला योजनाका बिजेताहरुलाई पुरस्कार बितरण गरेको छ ।

बैंकले आइतवार एक कार्यक्रमका बिच भाग्यशाली बिजेताहरुलाई उपहार प्रदान गरेको हो । बैंकका डेपुटी सिईओ केशव प्रसाद लम्साल तथा एफवान सफ्टका सिईओ सुवाश शर्माले बिजेताहरुलाई पुरस्कार बितरण गरे ।

सो योजनाअन्तरगत एक जोडिलाई थाईल्याण्ड टूरको बम्पर पुरस्कार भक्तपुरका कैलाश सुवालले हात पारे । त्यसैगरि मोबाइल फोन जित्ने बिजेताहरुमा सनम राई, ध्रुब कुमार शाही, प्रकाश बोहरा, हिरा खनाल र सुजन पराजुली रहेको बैंकले जानकारी दिएको छ ।पुरस्कार बितरण गर्दै बैंकका डेपुटी सिईओ लम्सालले आगामी दिनहरुमा बैंकका सेवाहरु सूचना प्रविधिमा आधारित भएर संचालन गर्ने बताए । नयाँ प्रडक्टहरुमार्फत युवाहरुलाई आकर्षित गरिने र कर्मचारीहरुलाई पनि सूचना प्रविधि प्रयोगका लागि उत्प्रेरित गरेर अगाडि बढ्ने बताए ।

बैंकले एफवान सफ्टसँगको सहकार्यमा मोबाइल बैंकिङ्ग र सूचना प्रविधिको प्रयोगलाई बढावा दिन भदौ १८ गतेदेखि असोज ३० गतेसम्म मोबाइल बैंकिङ्गमार्फत कारोबार गर्ने ग्राहकहरुलाई सो योजनामा समावेश गरेको थियो ।

सो अवधिमा ७२ हजार भन्दा बढि ग्राहकहरुले मोबाइल बैंकिङ्गको सेवा प्रयोग गरेको बताईएको छ ।

प्रकाशित: ४ कार्तिक २०७६, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार