भारतमा ४५ करोड १० लाख मासिक इन्टरनेट प्रयोगकर्ताहरु मध्ये ६७ प्रतिशत पुरुष

Technology Khabar १० आश्विन २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौं । भारतीय इन्टरनेट प्रयोगकर्ताहरुमध्ये पुरुष प्रयोगकर्ताहरुको संख्या ६७ प्रतिशत रहेको छ । हालै सार्वजनिक भएको तथ्यांकअनुसार भारतका कुल ४५ करोड १० लाख मासिक सक्रिय इन्टरनेट यूजर्समधये अधिकाश पुरुष रहेका छन् ।

इन्टरनेट प्रयोगकर्ताको आधारमा हेर्दा भारत चीनपछिको दोस्रो ठूलो देश भएको छ तर अहिलेसम्म इन्टरनेटको पहुँच केवल ३६ प्रतिशत मात्र रहेको इन्टरनेट एण्ड मोबाइल एसोसिएसन अफ इण्डियाले उल्लेख गरेको छ ।

इण्डिया इन्टरनेट २०१९ नामक रिपोर्टअनुसार लैङ्गिक भिन्नता शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा रहेको छ । शहरी क्षेत्रमा कुल प्रयोगकर्ताहरुमध्ये ६२ प्रतिशत इन्टरनेट यूजर्स पुरुष छन भने ग्रामीण भेगमा यस्तो संख्या ७२ प्रतिशत रहेको छ ।

त्यस्तै राज्यहरुको तुलनामा हेर्दा केरला, तमिल नाडू र दिल्लीमा महिला इन्टरनेट प्रयोगकर्ताहरुको संख्या अधिक रहेको देखिन्छ ।

४५ करोड १० लाख सक्रिय मासिक प्रयोगकर्ताहरुमध्ये ३८ करोड ५० लाख १२ वर्षभन्दा माथिका इन्टरनेट प्रयोगकर्ता छन भने ६ करोड ६० लाख प्रयोगकर्ताहरु ५ देखि ११ वर्षभित्रका छन् । यी बालबालिकाहरुले भने आफ्ना अन्य परिवारका सदस्यहरुको इन्टरनेटसहितको डिभाइसमा पहुँच पाएका छन् ।

भारतको राजधानी दिल्लीमा सबैभन्दा धेरै इन्टरनेटको पहुाच रहेको देखिन्छ भने शहरी क्षेत्रको आधारमा मुम्बईमा धेरै प्रयोगकर्ताहरु छन् ।

त्यसैगरि शहरी क्षेत्रका इन्टरनेट यूजर्समध्ये ७२ प्रतिशतले दैनिक इन्टरनेट चलाउने गर्दछन भने ग्रामीण भेगका प्रयोगकर्ताहरुको संख्या केबल ५७ प्रतिशत मात्र रहेको छ । एजेन्सी

प्रकाशित: १० आश्विन २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया