युवा उद्यमी पाण्डे सिटिजन्स बैङ्क इन्टरनेसनलको डाइरेक्टर चुनिए

Technology Khabar १० आश्विन २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौं । युवा उद्यमी प्रवलजङ्ग पाण्डे सिटिजन्स बैङ्क इन्टरनेसनलको बोर्ड अफ डाइरेक्टरमा चुनिएका छन् । उनी केही वर्ष अघि इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनी (आईएलएफसी) मा पनि डाइरेक्टर भइकेका छन् भने पहिलो पटक बैङ्कको डाइरेक्टरमा चुनिएका हुन् ।

उत्पादनमुलक उद्योगमा सत्रिय रहेका पाण्डेले पछिल्ला केही वर्षयता बैङ्क तथा वित्तीय संस्थामा समेत आफ्नो उपस्थिति बढाउँदै लगेका थिए । खासगरी सिमेन्ट, औषधिलगायतका क्षेत्रमा पाण्डेको दरिलो उपस्थिति रहेको छ भने विभिन्न बैङ्क, बीमा कम्पनीमा पनि उनको लगानी छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारीणी सदस्य समेत रहेको पाण्डेलाई शुक्रबार बसेको साधारणसभाले सिटिजन्स बैङ्कको डाइरेक्टरमा चुनेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

उत्पादनमुलक उद्योगबाट मात्रै देशको आर्थिक विकास हुने विश्वास लिएका पाण्डेले उत्पादनमुलक उद्योगलाई मात्रै बढावा दिँदै आएका छन् । उनी कसमस सिमेन्टमा डाइरेक्टर छन् । इस्र्टन कसमसमा पनि डाइरेक्टरकै भूमिकामा छन् । त्यसैगरी लोमस फर्मास्यूटिकल्समा पनि उनको भूमिका डाइरेक्टरकै छ । त्यसैगरी निजी क्षेत्रबाट सञ्चालित डाटा हबमा पनि पाण्डे आवद्ध छन् । बैङ्क तथा वित्तीय क्षेत्रका साथै निजी क्षेत्रको सम्पूर्ण डाटा यहाँ राखिन्छ ।

त्यसैगरी, फर्चुना ग्रुपमा पनि पाण्डे डाइरेक्टर छन् । फर्चुना ग्रुपले औषधिको प्याकिङ सामग्री उत्पादन गरिरहेको छ । इन्जिनियरीतर्फ (ब्याचलर अफ इन्जिनियरीङ) अध्यापन सकेका पाण्डेले एक वर्ष अघि मात्रै उनकै सक्रियतामा फर्मा प्याक उद्योग सञ्चालनमा ल्याएका छन् ।

प्रकाशित: १० आश्विन २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया