क्रिकेट फ्यान हुनुहुन्छ भने अब फेसबुकबाटै हेर्नुस् क्रिकेटका प्रतियोगिताहरु, भयो ४ वर्षको सम्झौता

Technology Khabar १० आश्विन २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौं । यदि तपाईँ क्रिकेट फ्यान हुनुहुन्छ र नियमितरुपमा फेसबुक हेर्नुहुन्छ भने अब तपाईँले थप समय फेसबुक हेर्नुपर्ने भएकोछ ।

सामाजिक मिडिया फेसबुकले बिहिबार घोषणा गर्दै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सँग एक्सक्लूसिभ डिजिटल पार्टनरको लागि सम्झौता गरेको बताएको छ । फेसबुकले विश्वभर नै आईसीसीका ग्लोबल इभेन्टहरु भारतीय उपमहाद्धिपमा सन् २०२३ सम्म देखाउने छ ।

‘हामी लाखौं करोडौं क्रिकेट फ्यानहरुलाई यो अतुलनिय र कोशेढुंगा जस्तो सम्झौतामार्फत सेवा गर्ने अपेक्षा गरेका छौं,’ फेसबुकले भनेको छ । तर यो सम्झौताअन्तरगत फेसबुकले कुनैपनि बजारमा खेलहरुको प्रत्यक्ष प्रशारण भने गर्नेछैन् ।

के के देखाउनेछ ?

आउँदो ४ वर्षे सम्झौताअनुसार फेसबुकले पोस्ट म्याच रिक्यापहरु, र खेलको समयमा हुने महत्वपूर्ण क्षणहरुका साथै खेलहरुका फीचर कन्टेन्टहरु भारतीय उपमहाद्धिपमा देखाउने छ ।

फेसबुकको एक्सक्लूसिभ राईट भारतीय उपमहाद्धिपमा मात्र सिमित रहेको छ भने कम्पनीले पोस्ट म्याच रिक्यापहरु पनि देखाउन सक्नेछ ।

सम्झौताअन्तरगत पुरुष तथा महिलाका टि २० २० क्रिकेट प्रतियोगिताहरु, ५० ओभरका विश्वकप खेलहरु, वल्ड टेस्ट च्याम्पियनसिप २०२३लगायतका खेलहरु देखाउने छ ।

फेसबुकका साथै इन्स्टाग्राम र ह्वाट्सएपका साथमा आईसीसीले स्पोर्टस फ्यानहरुलाई अतिरिक्त सेवा गर्ने अवसर प्रदान गरेको उल्लेख गरेको छ ।

फेसबुकले यसअघि सन् २०१७ मा ६० करोड डलरमा आईपिएलको अनलाइन स्ट्रिमिङ्ग अधिकार लिने प्रयास गरेको थियो ।

हालै सकिएको आईसीसीका वल्र्ड कपको अवसरमा ४ अर्ब ६० करोड भिडियो भ्यूज आईसीसीको डिजिटल तथा सोसियल मिडिया प्लेटफर्ममार्फत भएको आईसीसीले बताएको थियो । एजेन्सी

प्रकाशित: १० आश्विन २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया