अटोनोमस भेहिकल सिस्टम बनाउन एप्टिभ र हुण्डाईको सहकार्य, संयुक्तरुप ४ बिलियन डलर लगाउने

  • Technology Khabar | ७ आश्विन २०७६, मंगलवार
अटोनोमस भेहिकल सिस्टम बनाउन एप्टिभ र हुण्डाईको सहकार्य, संयुक्तरुप ४ बिलियन डलर लगाउने

काठमाडौं ।

काठमाडौं । अटोमेकर कम्पनी हुण्डाईले अटोनोमस ड्राइभिंग टेक्नोलोजी कम्पनी एप्टिभसँग नयाँ ज्वाइन्ट भेन्चरमा काम गर्ने भएको छ । दुबै कम्पनीहरुले आफ्नो ५० प्रतिशत शेयर हिस्साससहित नयाँ कम्पनी स्थापना गरेका हुन् ।

नयाँ भेन्चरले लेभल ४ र लेभल ५ प्रडक्सन रेडी सेल्फ ड्राइभिंग सिस्टम व्यवसायीक प्रयोगका लागि बनाउने छन् । यस्तो सिस्टम रोबोट्याक्सी र फ्लीट अपरेसनका साथै अन्य अटो मेकरहरुलाई सन् २०२२ सम्ममा उपलब्ध गराउने छ ।

दुबै कम्पनीहरुले संयुक्तरुपमा कुल ४ बिलियन अमेरिकी डलर लगानी गरेका छन् । जसमा इन्जिनियरिंग सर्भिसेज, अनुसन्धान तथा विकास र आईपी (इन्टेलेक्चुअल प्रपर्टी) रहेको छ ।

एप्टिभ र हुण्डाईकाअनुसार उनीहरुले तयार पारेको पूर्ण अटोनोमस सिस्टम सन् २०२० देखि परीक्षण शुरु हुनेछ भने सन् २०२२ देखि व्यवसायीकरुपमा उपलब्ध गराउने लक्ष्य लिईएको छ ।

सो सहकार्यअन्तरगत एप्टिभले आफ्नो अटोनोमस ड्राइभिंग टेक उपलब्ध गराउने छ, जसमा वर्षौंदेखि कम्पनीले काम गरिरहेको छ भने हुण्डाई मोटर ग्रुपले कुल १.६ बिलियन नगद रकम आफ्ना विभिन्न सबब्राण्डहरुको मार्फत उपलब्ध गराउने छ भने भेहिकल इन्जिनियरिंग, आर एण्ड डी र आईपीसम्मको पहुँच दिनेछ । एजेन्सी

प्रकाशित: ७ आश्विन २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार