एपमार्फत मूभी टिकट बेच्ने अमेरिकी टेक कम्पनी मूभीपासको सेवा बन्द, कम्पनीले सबै सम्पत्ति बेच्ने

  • Technology Khabar | २९ भाद्र २०७६, आईतवार
एपमार्फत मूभी टिकट बेच्ने अमेरिकी टेक कम्पनी मूभीपासको सेवा बन्द, कम्पनीले सबै सम्पत्ति बेच्ने

काठमाडौं ।

काठमाडौं । मूभी थिएटरको सदस्यता लिएर सिनेमा हेर्न टिकट उपलब्ध गराउने एप मूभीपासले आफ्नो सेवा बन्द गर्ने भएकोछ । सो एपले हालै एक घोषणा गर्दै सेप्टेम्बर १४ तारिख शनिवारदेखि आफ्नो सेवा बन्द भएको जानकारी दिएको हो ।

मूभीपासको लगानीकर्ता कम्पनी हेलिओस एण्ड म्याथेसनले सेवा बन्द गर्ने घोषणासँगै कम्पनीलाई बेच्ने तयारी गरेको बताएको हो ।
यो बारेमा कम्पनीले शुक्रबार नै आफ्नो सेवाग्राहीहरुलाई जानकारी गराएको थियो ।

विभिन्न भेन्चर क्यापिटलहरुसँगबाट रकम उठाएर आफ्नो सेवा शुरु गरेको मूभीपास कुनैबेला चर्चित सब्सक्रिप्सन सर्भिसको रुपमा आएको थियो । सो एपमार्फत ग्राहकहरुले मूभी थिएटरहरुमा टिकट बुकिंग गरेर सिनेमा हेर्न सकिने सुविधा थियो भने विभिन्न किसिमका अन्य सेवाहरु पनि राखिएको थियो ।

कम्पनीले यसअघि आफ्ना कर्मचारीहरुलाई बिदा गरेको थियो भने हाल मूभि थिएटरहरुसँगको सहकार्यलाई पनि खारेज गरेको छ । यसअघि यसको सेवा अस्थाईरुपमा गएको जुलाईदेखि बन्द थियो ।

विगत केहि महिनादेखि मूभीपासमा नयाँ सदस्यता स्विकार गरिएको थिएन भने अमेरिकाका केहि राज्यहरुमा त सेवा रोकिएका थिए ।
कम्पनीले आफ्नो संस्थालाई पुनर्संरचना गर्नका लागि सबै रणनीतिक तथा वित्तीय विकल्पहरु खोजीरहेको बताएको छ । जसमा कम्पनीको बिक्रीदेखि आफ्ना सबै सम्पत्तिहरुसम्म बेच्ने उल्लेख छ ।

हाल सो एपमा मासिक तथा वार्षिक सब्सक्रिप्सनले काम गरिरहेको छैन भने डेबिट कार्डले पनि काम गरिरहको छैन् ।

सन् २०११ देखि संचालनमा आएको मूभीपासमा १० लाख भन्दा बढि सदस्यहरु रहेका थिए ।कम्पनीले आफ्ना ग्राहकहरुलाई सेवामा आकर्षित गर्नका लागि शुन्य नाफामा सेवा दिईरहेको थियो । यसले ७० मिलियन डलर भेन्चर क्यापिटलमार्फत रकम संकलन गरेको थियो ।

प्रकाशित: २९ भाद्र २०७६, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार