डिजिटल प्लेटफर्म ‘श्रीयोग डटकम’ संचालनमा, पार्टटाइम राेजगारीको अवसर उपलब्ध गराउने

  • Technology Khabar | २७ भाद्र २०७६, शुक्रबार
डिजिटल प्लेटफर्म ‘श्रीयोग डटकम’ संचालनमा, पार्टटाइम राेजगारीको अवसर उपलब्ध गराउने

काठमाडौं ।

काठमाडौं । एउटा डिजिटल प्लेटफर्मको माध्यमले मानिसको दैनिकीलाई सहज बनाउने उदेश्यले श्रीयोग डट कम (www.sriyog.com) नामक वेभसाइट संचालनमा आएको छ ।

सोे डिजिटल प्लेटफर्ममा विभिन्न १८ वटा मुख्य समुह, १ सय ५० भन्दा बढी उप–समुह तथा ती पेशासँग सम्बन्धित व्यक्तिहरुको नाम, सम्पर्क नम्बर तथा ठेगाना, प्रोफाइल फिचर, नजिकको लोकेसनमा देखिने–नदेखिने बनाउन सक्ने, रेटिङ, रिभ्यु, शुल्क, अफर, कामका लागि उपलब्ध भएको नभएको जानकारी समूह अनुसार राखिएको कम्पनीद्धारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

श्रीयोग कन्सल्टिङ्ग प्रा. लि. द्वारा सञ्चालनमा आएको सो डिजिटल प्लेटफर्मले पार्टटाइम काम गर्ने, वा कुनै न कुनै सीप भएको व्यक्तिहरूलाई लिस्टिङ् गर्नेछ । सो लिस्टअन्तर्गत आफूलाई चाहिएको व्यक्ति र उसले दिने सेवालाई फोनबाट सम्पर्क गरी काम सम्बन्धी प्रस्ताव राखी काम गराउन सकिने कम्पनीले जानकारी दिएको छ ।

श्रीयोग डटकम पूर्ण रुपमा पार्ट टाइम काम गर्ने एउटा प्लेटफर्म हो जुन नयाँ सोचका आधारमा बनाइएको छ । विभिन्न १८ वटा मुख्य समुह अनि १ सय ५० भन्दा बढी उपसमुहमा स्थानको आधारमा प्रदेश, जिल्ला, शहर र ठाँउ (जस्तै उदाहरणका लागि, प्रदेश नं. १ भित्र मोरंग जिल्ला, त्यस भित्र बिराटनगर, अनि त्यसमा पोखरीया भन्ने स्थान), काम गर्ने, सेवा दिने व्यक्तिहरुको विवरण राखिएको छ ।

त्यस्तो सेवाहरु वेबसाइट, मोबाइल एप्स र कल सेन्टरको माध्यमबाट उपलब्ध गराउनका लागि आधारको काम गरेको कम्पनीले बताएको छ । कम्पनीले सो प्लेटफर्मलाई छिटै अमेरिका र अस्ट्रेलियामा पनि शुरुवात गर्ने जानकारी दिएको छ ।

प्रकाशित: २७ भाद्र २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार