ईकमर्श कम्पनी दराजले सन् २०२२ सम्म नेपालमा १ लाख रोजगारको अवसर श्रृजना गर्ने

  • Technology Khabar | १५ भाद्र २०७६, आईतवार

काठमाडौं ।

काठमाडौं । नेपालको बृहत अनलाइन शपिंग गन्तब्य, दराजले, यहि भदौ १० गते काठमाडौँको मरियट होटेलमा प्रेस सम्मेलन आयोजना गरेको थियो ।

सम्मेलनमा दराजको “डिजिटल यूगमा सबैलाई जहाँबाट पनि व्यापार गर्न सहज बनाउने” साथै नेपाल मा २०२२ सम्म १ लाख रोजगारका अवसर सिर्जना गर्ने उद्देश्य सार्वजनिक गरिएको थियो । हाल, दराजमा २५०० भन्दाबढी बिक्रेताहरु दराजको प्रबिधिको प्रयोग गर्दै आएका छन् ।

दराजका ग्लोबल सीइओ, ब्यार्के मिकेल्सनले दराज एउटा मल, बजार, र कम्यूनिटी पनि हो जुन सबै तपाइको खल्ति भित्रै समावेश हुनसक्ने बताए ।

‘दराजले २५०,००० भन्दा बढी सामानहरु १०० भन्दा बढी खण्डहरुमा विभाजित गरि उपभोक्ता सामु पुर्याएको छ । आज ७५,००० भन्दा बढी नेपालीहरु दराजको दैनिक प्रयोग गर्दछन । हाम्रो अनुमान अनुसार नेपालमा हामीले अहिले सम्म ५,००० भन्दा बढी रोजगार उत्पादन गरेका छौ र दराज युनिवर्सिटी मार्फत हरेक महिना ५०० नयाँ बिक्रेताहरु दराजमा समावेश गर्दछौं,” दराजका ग्लोबल सीइओ मिकेल्सनले भने ।

उक्त पत्रकार सम्मेलनमा दराजका प्रबन्धक निर्देशक लिनो अर्लिङ्ग र जय कविले दराजले २०२२ सम्म पुरा गर्ने ६ महत्वाकांक्षी लक्ष्यहरु को बारेमा मा जानकारी दिएका थिए ।

उक्त कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय का उपसचिव बुद्धि प्रसाद उपाध्याय, शाखा अधिकृत आश्विन कुमार पोखरेल, नबिल बैंकका सहायक सीइओ अनिल खनाल, सामसङका महाप्रबन्धक आइ एम बिज प्रणय रत्न स्थापित र सोनाम गियर्सका सीइओ तथा संस्थापक ताशी चोम्बेको सहभागिता रहेको थियो ।

प्रकाशित: १५ भाद्र २०७६, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार