Technology Khabar १५ भाद्र २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । रेनो, नेपालको नम्बर एक यूरोपियन ब्राण्डले नयाँ प्रोडक्ट अल्ट्रा मोडुलर एसयूभि–रेनो ट्राइबरको बुकिङ खुल्ला गरेको छ । रेनो ट्राइबर भ्रिकुटीमण्डपमा नाडा अटो शो २०१९ मा प्रदर्शनी गरिएको थियो ।
रेनो ट्राइबरको बुकिङ २७ अगष्टबाटै शुरु भइसकेको छ र ग्राहकहरुले केहि रकम तिरेर नाडा अटो शो अथवा रेनोको ११ वटा अधिकृत डिलरबाट बुकिङ गर्न सक्छन् ।
रेनो ट्राइबरमा आधुनिक विशेषताहरु रहेका छन् जस्तै पुश स्टार्ट–स्टप बटन, साचोरहित प्रवेश गर्न मिल्ने ढोका छ जुन साचोको सम्पर्क बिनानै खोल्न र बन्द गर्न सकिन्छ भने अल्ट्रा मोडुलर एसयूभि भएकाले थुप्रै सामानहरु सहजै अटाउँछ ।
रेनो ट्राइबरमा रियर एसी रहेको छ जसमा पछाडिसम्म चिसो हावा प्रवाह गर्दछ र यसमा आफ्नो इच्छा अनुसार एयरफ्लो परिवर्तन गर्न पनि सकिन्छन । १८२ एमएम ग्राउण्ड किल्यरेन्सको साथ यस गाडीले साहसिक लुक दिनुका साथै यो सबै प्रकारको रोडका लागि उपयूक्त रहेको छ । रियर पार्किङ क्यामरेले यसलाई फराकिलो बनाएको छ र ८ इन्च टच स्क्रिनमा मिडिया नेभिगेसन विशेषता रहेको छ र मल्टीमिडिया प्रणालीमा जडान गरिएको छ जुन एन्ड्रोइड र एप्पल सपोर्ट सिस्टममा प्रयोग गर्न सकिन्छ ।
त्यस बाहेक रेनो ट्राइबरमा थुप्रै आकर्षक विशेषताहरु रहेका छन् जसले यसलाई उद्योगमै अनुपम बनाएको छ । रेनो ट्राइबरमा १.० लिटरको ३ सिलिन्डर टर्बोचाज्र्ड पेट्रोल इन्जिनले ७२ पीएस र ९६ एनएम टर्क उत्पादन गर्दछ । यसलाई ५–स्पीड म्यानुअल ट्रान्समिसन अथवा ५ स्पीड EASY-R AMT सँग जोड्न सकिन्छ । यो इन्धन निपुण गाडी हो र यसमा ४० लिटर पेट्रोल अट्ने क्षमता रहेको कम्पनीले जनाएकोछ ।
प्रकाशित: १५ भाद्र २०७६, आईतवार