पहिलो विद्युतीय कारको तयारी गर्दै टोयोटा
काठमाडौं ।
जापानी अटो कम्पनी टोयोटाले एकपटक ब्याट्री चार्ज गर्दा १ हजार किलोमिटर यात्रा गर्न सक्ने विद्युतीय कार तयार पारिरहेको छ। यसमा पेट्रोल इन्जीनलाई विद्युत उत्पादन गर्ने जेनेरेटरको रुपमा प्रयोग गरिनेछ।
नयाँ गाडी टोयोटा र जीएससीको संयुक्त लगानीमा सञ्चालित कम्पनी जीएससी टोयोटाले विकास गरिरहेको छ। चिनियाँ सञ्चार माध्यममा प्रकाशित जानकारि अनुसार यो टोयोटाको हाइल्यान्डर मोडलको पूर्ण नयाँ भर्सन हुनेछ।
प्लग–इन हाइब्रिड गाडि भन्दा फरक यस गाडिका पाङ्ग्राहरु विद्युतीय मोटरबाट मात्र सञ्चालन हुनेछन्। यो पेट्रोल इन्जीन पाङ्गग्रासँग प्रत्यक्ष जोडिने छैन्। ब्याट्रिको चार्ज कम भएपछि त्यसलाई फेरी चार्ज गर्न विद्युत उत्पादन गर्ने काममा मात्र पेट्रोल इन्जीन प्रयोग हुनेछ।
चिनियाँ सञ्चारमाध्यममा यस अघि प्रकाशित जानकारीअनुसार नयाँ एसयुभीमा ७ जना यात्रु बस्न सक्नेछन्। यसमा १.५ लिटर क्षमताको टर्बेचार्ज पेट्रोल इन्जिन जडान गरिने छ।
टेलिग्राफका अनुसार ब्याट्रिको पावरबाट मात्रै यो गाडीले करिब १५० किलोमिटरय यात्रा गर्न सक्ने अनुमान गरिएको छ। त्यसपछि पेट्रोल इन्जीन सञ्चालनमा आउने छ र उर्जा उत्पादन गरी यात्रालाई निरन्तरता दिन सहयोग गर्छ।
टोयोटा लामो समय देखि हाइब्रिड र प्लग–इन हाइब्रिड सवारीसाधन प्रविधिको उत्पादक रहदै आएको छ। अब कम्पनी विस्तारित प्रविधि सवारीसाधाको प्रवृतिमा पनि सहभागी हुन लागेको टेलिग्राफले जनाएको छ।