प्रविधि

नेपाल टेलिकमको एनटी फाइबर प्रति सेवाग्राहीको आकर्षण बढ्दो

नेपाल टेलिकमको एनटी फाइबर प्रति सेवाग्राहीको आकर्षण बढ्दो
Global IME Bank

नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित एनटी फाइबर सेवाप्रति सेवाग्राहीको आकर्षण र माग निरन्तर बढिरहेको जनाएको छ।

कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै उच्च गतिको इन्टरनेट तथा टेलिफोन सेवा एउटै माध्यमबाट प्राप्त गर्न सकिने एनटी फाइबर सेवाप्रति सेवाग्राहीको विश्वास र सकारात्मक प्रतिक्रिया बढ्दै गएको जनाएको हो। मागअनुसार सेवा जडान गर्दै जाने र सेवाको गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाल टेलिकमले सेवाग्राहीप्रति आभारसमेत व्यक्त गरेको छ।

बढ्दो मागलाई सम्बोधन गर्दै एनटी फाइबर जडान कार्यलाई थप प्रभावकारी बनाउन कम्पनीले आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अघि बढाइरहेको जनाएको छ। केही कार्यालयहरूमा मागको चाप बढेको अवस्थालाई ध्यानमा राख्दै आवश्यक व्यवस्थापकीय सुदृढीकरणका कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको कम्पनीको भनाइ छ।

त्यसैगरी, सेवाग्राहीको बढ्दो मागलाई सम्बोधन गर्दै आपूर्ति शृङ्खलामा अवरोध आउन नदिन कम्पनीले अहोरात्र प्रयास गरिरहेको जनाएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको कम्पनी भएकाले आपूर्ति शृङ्खला व्यवस्थापनमा विधिसम्मत प्रक्रिया अवलम्बन गर्दै निरन्तर सेवा प्रवाहका लागि आवश्यक कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ।

एनटी फाइबर सेवाप्रति सेवाग्राहीले देखाएको विश्वास र चासोले सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि थप प्रेरणा मिलेको नेपाल टेलिकमले जनाएको छ। गुणस्तरीय दूरसञ्चार सेवा विस्तारको यात्रामा साथ, सहयोग र धैर्यताका लागि कम्पनीले सेवाग्राहीप्रति पुनः आभार व्यक्त गरेको छ।

Sajilo Visa
easy care