प्रविधि

टिन्डरको सञ्चालक कम्पनीलाई १ करोड १२ लाख यूरो जरिवाना

टिन्डरको सञ्चालक कम्पनीलाई १ करोड १२ लाख यूरो जरिवाना
Global IME Bank

डेटिङ एप टिन्डरको स्वामित्व रहेको कम्पनी म्याच ग्रुपलाई यूरोपेली संघको व्यक्तिगत डाटा संरक्षण सम्बन्धी नियमन उल्लङ्घन गरेको आरोपमा १ करोड १२ लाख यूरो (करिब १२२ मिलियन स्विडिस क्रोनर) जरिवाना गरेको छ।

आयरल्याडको डाटा संरक्षण आयोग (डीपीसी) ले उक्त निर्णय गरेको हो। यो आयोग आयरल्याडमा यूरोपेली मुख्यालय रहेका ठूला अमेरिकी प्रविधि कम्पनीहरुको नियमन तथा निगरानि गर्ने निकाए हो।

आयरल्याडको उक्त निकाएका अनुसार टिन्डरको प्रयोगकर्तालाई आफ्नो ब्यक्तिगत डाटा डाउनलोड गर्न दिने सुविधासँग सम्बन्धीत विषयमा समस्या देखिएको हो।

यूरोपेली संघको सामान्य डाटा संरक्षण नियमावली (जीडीपीआर) का अनुसार, प्रयोगकर्तालाई उपलब्ध गराउनुपर्ने सम्पूर्ण जानकारी उक्त सुविधा मार्फत उपलब्ध नगराइएको आयोगले ठहर गरेको छ।

जरिवानाका अतिरिक्त व्यक्तिगत डाटा संरक्षण सम्बन्धी यूरोपेली कानुन पूर्ण रुपमा पालना गर्न आयोगले म्याच ग्रुपलाई निर्देशन दिएको छ। म्याच ग्रुपले आयरल्यान्डको नियामक निकायको निर्णयविरुद्ध पुनरावेदन गर्ने जनाएको छ।

टेलिग्राफका अनुसार, अन्तराष्ट्रिय प्रविधि कम्पनीहरुको नियमनमा आयरल्यान्डले महत्वपूर्ण भुमिका खेल्दै आएको छ। धेरै ठूला प्रविधि कम्पनीहरु आयरल्यान्डमा दर्ता भई त्यहीबाट यूरोपेली बजारमा आफ्नो सेवा सञ्चालन गर्दै आएका छन्।

Sajilo Visa
easy care