ताजा समाचार

कक्षा ६ देखि १२ सम्मको विद्यार्थी हुनुहुन्छ? ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो बनाउनुस्, नगद पुरुस्कार जित्नुस्

कक्षा ६ देखि १२ सम्मको विद्यार्थी हुनुहुन्छ? ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो बनाउनुस्, नगद पुरुस्कार जित्नुस्
फाइल
Global IME Bank

काठमाडौँ महानगरपालिकाले ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो (श्रव्यदृश्य) प्रतियोगिता आयोजना गरेको छ।

महानगरले  एक सूचना जारी गरी ‘काठमाडौँ जलवायु कार्य सप्ताह–२०८३’  अन्तर्गत विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा एक मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गरेको हो।

जलवायु परिवर्तनले पारिरहेको विश्वव्यापी असर घटाउन समुदायस्तरमा गर्न सकिने प्रयासको प्रर्वद्धन तथा क्षति न्यूनीकरणका लागि व्यक्ति र समुदायको जिम्मेवारी प्रर्वद्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको महानगरले जनाएको छ।

महानगरपालिकाले विभिन्न साझेदार संस्थाको सहकार्यमा मङ्सिर ७ गतेदेखि १३ गतेसम्म विभिन्न कार्यक्रमसहित ‘काठमाडौँ जलवायु कार्य सप्ताह’ आयोजना गर्न लागेको हो । उक्त प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ६ देखि १२ सम्म अध्ययनरत बालबालिकाले भाग लिन पाउने जनाइएको छ।

प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार नगद, दोस्रो हुनेले रु ३० हजार, तेस्रो हुनेले रु २० हजार र सात जनालाई सान्त्वना पुरस्कारस्वरुप जनही १० हजार प्रदान गरिने महानगरले जनाएको छ । महानगरले उक्त प्रतियोगितामा भाग लिन सम्पूर्ण विद्यार्थीलाई आह्वान गरेको छ।-रासस

Sajilo Visa
easy care