काठमाडौं ।
काठमाडौं । अमेरिकाको दूरसंचार क्षेत्रको नियामक निकाय फेडरल कम्यूनिकेसन्स कमिसन (एफसिसि) ले हालै अमेरिकी ग्रामीण क्षेत्रहरुमा ब्रोडब्याण्ड संचालन गरिरहेका अपरेटरहरुका लागि ४.९ बिलियन डलर अनुदान दिने निर्णय गरेको छ ।
एफसिसिले आगामी १० वर्षसम्म ग्रामीण भेगमा ब्रोडब्याण्ड अपरेटरहरुलाई सो अनुदान दिनेछ । सो अनुदान रकम तीनिहरुको ब्रोडब्याण्ड पूर्वाधारमा नयाँ सेवा बिस्तार, मर्मत र सुधारका लागि उपयोग गरिनेछ भने विशेषगरि कम सेवाको पहुँच भएका क्षेत्रमा दिईनेछ ।
अमेरिकाको ३९ स्टेटसहित अमेरिकन समोआ र कयौं त्यस्ता स्थानहरुमा अपरेटरहरुले गरेको सेवाको आधार र ग्राहक संख्याअनुसार अनुदान प्राप्त गर्नेछन् । जसमा सेवाको लागत र त्यससँग सम्बन्धित खर्चहरु हुनेछ ।
तर एफसिसिले हाल सो अनुदान रकमको घोषणा गरेपनि कसरी सो रकम परिचालन गर्ने भन्ने बारेमा निर्णय गर्न बाँकी छ । एफसिसिले विभिन्न शुल्कहरुमार्फत रकम प्राप्त गर्ने गर्दछ । त्यसैगरि एक दशकसम्म कसरी रकम परिचालन हुनेछ, को को योग्य हुनेछन, कसरी प्रमाणित गरिनेछ भन्ने बरोमा भने अझै स्पष्ट भईसकेको छैन् ।
एफसिसिले दिने अनुदान रकमको बारेमा राज्यहरुको आधारमा र स्थानहरु तोकेर कति रकमसम्म दिने भन्ने सार्वजनिक गरेको छ ।
जसअन्तरगत नर्थ र साउथ डकोटा राज्यले सबैभन्दा धेरै रकम हात पार्ने भएको छ । यी राज्यहरुले १.३ बिलियन रकम करिब ९६ हजार घर र व्यवसायहरुलाई सेवा गरे बापत पाउनेछन् ।
प्रकाशित: ६ भाद्र २०७६, शुक्रबार